नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान ‘साम्बा’ लाई मर्स्याङ्दी गाउँपालिकाको सम्मान
मेरोन्यूज
२०८२ साउन ८ गते २०:०३

पोखरा । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ लाई लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सम्मान गरेको छ । गाउँपालिकाले बिहीबार एक कार्यक्रम गर्दै साम्बालाई सम्मान गरेको हो ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनामाया थापा र प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईंले फूलमाला, दोसल्लासहित सम्मानपत्रले सम्मान गरेका हुन । साम्बाले गाउँपालिका अध्यक्षलाई आफुले लगाउने जर्सी उपहार दिएकी थिइन् ।
साम्बालाई मस्र्याङ्दी गाउँपालिका युवा तथा खेलकुद विकास समिति, अमर माध्यमिक विद्यालयले पनि सम्मान गरेका थिए । मर्स्याङ्दी गाउँपालिका ९, सिम्पानी पामचोकमा जन्मिएकी साम्बासँग भारतदेखि युरोपका विभिन्न लिग खेलेको अनुभव छ ।
सम्बन्धित














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया