मंगलबार, पुष ८, २०८२

थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्रीको चेतावनी : ‘कम्बोडियासँगको द्वन्द्व युद्धमा परिणत हुनसक्छ’

मेरोन्यूज २०८२ साउन ९ गते १४:०४

काठमाडाैं । थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले थाइल्याण्ड र कम्बोडियाबीच जारी भयंकर द्वन्द्वले ‘युद्ध निम्त्याउन सक्ने’ बताएका छन्।

दुई देशबीचकाे द्वन्द्वका कारण अहिलेसम्म कम्तीमा १६ जनाको मृत्यु भइसकेको छ भने लाखौं घरबारविहीन भएका छन्।

विवादित सीमामा दोस्रो दिन पनि लडाईं जारी रहँदा फुमथामको यस्ताे चेतावनी आएको हो। ‘यदि अवस्था झन् चर्कियो भने यो युद्धमा परिणत हुनसक्छ, यद्यपि अहिलेसम्म यो झडपमै सीमित छ’, उनले समाचार संस्था एएफपीसँग भनेका छन्, ‘यस्ता झडपले जनताको जीवन प्रभावित पारेको छ र सरकारले हाम्रो राष्ट्र र सर्वाभौमसत्ताको रक्षा गरेको छ ।’

दुई देशबीचकाे तनाव एक शताब्दीभन्दा पुरानो सीमा विवादको हो ।

यसैबीच, कम्बोडियाको ओड्डार मिन्चे प्रान्तमा लगभग १,५०० परिवारलाई सुरक्षित स्थानहरूमा सारिएको छ।

प्रतिक्रिया