थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्रीको चेतावनी : ‘कम्बोडियासँगको द्वन्द्व युद्धमा परिणत हुनसक्छ’
मेरोन्यूज
२०८२ साउन ९ गते १४:०४

काठमाडाैं । थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले थाइल्याण्ड र कम्बोडियाबीच जारी भयंकर द्वन्द्वले ‘युद्ध निम्त्याउन सक्ने’ बताएका छन्।
दुई देशबीचकाे द्वन्द्वका कारण अहिलेसम्म कम्तीमा १६ जनाको मृत्यु भइसकेको छ भने लाखौं घरबारविहीन भएका छन्।
विवादित सीमामा दोस्रो दिन पनि लडाईं जारी रहँदा फुमथामको यस्ताे चेतावनी आएको हो। ‘यदि अवस्था झन् चर्कियो भने यो युद्धमा परिणत हुनसक्छ, यद्यपि अहिलेसम्म यो झडपमै सीमित छ’, उनले समाचार संस्था एएफपीसँग भनेका छन्, ‘यस्ता झडपले जनताको जीवन प्रभावित पारेको छ र सरकारले हाम्रो राष्ट्र र सर्वाभौमसत्ताको रक्षा गरेको छ ।’
दुई देशबीचकाे तनाव एक शताब्दीभन्दा पुरानो सीमा विवादको हो ।
यसैबीच, कम्बोडियाको ओड्डार मिन्चे प्रान्तमा लगभग १,५०० परिवारलाई सुरक्षित स्थानहरूमा सारिएको छ।
सम्बन्धित
















न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया