नेपाली उद्यमी मञ्च ललितपुर च्याप्टरको चौथो वार्षिक साधारण सभा सम्पन्न, नेतृत्वमा एल्भिस रञ्जित

ललितपुर । नेपाली उद्यमी मञ्च–ललितपुर च्याप्टरले आफ्नो चौथो वार्षिक साधारण सभा शुक्रबार, असार २७, २०८२ मा दि प्लाजा, पुलचोक मा सफलतापूर्वक सम्पन्न गरेको छ । यस अवसरमा अध्यक्ष पदको जिम्मेवारी मिस नितु श्रेष्ठबाट मिस्टर एल्भिस रञ्जितलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो ।
उक्त साधारण सभामा मञ्चका सदस्यहरू, साझेदारहरू, शुभेच्छुकहरू तथा उद्यमशील क्षेत्रका प्रमुख व्यक्तित्वहरू सहभागी भएका थिए ।कार्यक्रमले विगत वर्षको उपलब्धिहरूको उत्सव मनाउनुका साथै नयाँ नेतृत्व टोलीलाई स्वागत गरेको थियो । पछिल्लो कार्यकालमा युवा उद्यमशीलता, नवप्रवर्तन र नेतृत्व विकास सम्बन्धी च्याप्टरले सञ्चालन गरेका पहलहरूलाई सभामा प्रस्तुत गरिएको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि सुमना श्रेष्ठ, प्रतिनिधि सभाकी सांसद तथा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री थिइन् । निर्गत अध्यक्ष नितु श्रेष्ठले आफ्नो कार्यकालभर सदस्य तथा कार्यकारी टोलीले देखाएको समर्पण र सहयोगप्रति आभार प्रकट गरिन् र आगामी नेतृत्वलाई सफलताको शुभकामना दिइन् ।
नव–नियुक्त अध्यक्ष एल्भिस रञ्जितले आगामी वर्षको लागि आफ्नो दृष्टिकोण प्रस्तुत गरे । उनले सहकार्य, प्रभावमुखी कार्यक्रमहरू र युवा उद्यमीहरूलाई निरन्तर सहयोग दिने प्रतिबद्धता व्यक्त गरे ।
उनले च्याप्टरलाई नयाँ उचाइमा पुऱ्याउने उत्साह र प्रतिबद्धता जाहेर गरे ।
सभामा २०२५/२६ कार्यकालको नयाँ कार्यकारी समितिको औपचारिक घोषणा पनि गरिएको थियोः
–एल्भिस रञ्जित: अध्यक्ष
- नितु श्रेष्ठ निवर्तमान अध्यक्ष
–अनुकुल श्रेष्ठ प्रथम उपाध्यक्ष
– प्रकिरण श्रेष्ठ दोस्रो उपाध्यक्ष(
– निशान ढकाल कार्यकारिणी सदस्य
– अशाङ्क एसजेबी राणा कार्यकारिणी सदस्य
– सबिल खान कार्यकारिणी सदस्य
– रिटेज श्रेष्ठ कार्यकारिणी सदस्य
– आशिष भण्डारी ( कार्यकारिणी सदस्य
– श्रद्धा कटुवाल– कार्यकारिणी सदस्य
– अनिश रौनियार– कार्यकारिणी सदस्य
– कुशल जोशी कार्यकारिणी सदस्य
– अभिषेक शारडा– कार्यकारिणी सदस्य
– पालिजा मानन्धर–च्याप्टर संयोजक
नेपाली उद्यमी मञ्च ललितपुर च्याप्टरले युवाहरूलाई उद्यमशीलता र नेतृत्वमा अघि बढ्न उत्प्रेरित में सशक्त मञ्चको रूपमा आफ्नो पहिचान बनाइरहेको छ। नयाँ नेतृत्वसँगै संस्था एक अर्को त्पादक र प्रेरणादायक वर्षतर्फ अगाडि बढ्ने अपेक्षा गरिएको छ ।

















भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
आजका लागि विदेशी मुद्राको विनिमयदर : डलर बढ्याे
प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान
टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया