कान्तिपुर डेन्टलमा दाँत उपचार गर्दा एनआईसी एसियाका ग्राहकलाई १५ प्रतिशतसम्म छुट

काठमाडाैं । एनआईसी एसिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर (केडीसी) प्रालिले सेवामा छुटसम्बन्धी सम्झौता गरेका छन्।
योसँगै बैंकका ग्राहकहरुलाई कान्तिपुर डेन्टलमा दाँतको उपचार सेवामा विशेष छुट उपलब्ध हुने भएको हो।
यसअनुसार विभिन्न ठाउँमा रहेका कान्तिपुर डेन्टलका शाखाहरुमा दाँत उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
ग्राहकहरुले जनरल हस्पिटल सेवाहरु (ल्याब टेस्ट, बेड चार्ज, आईसीयू, पोस्ट अप बेड चार्जमा १५ प्रतिशत, फिजिओथेरापी तथा आई ग्लास र जनरल डेन्टल सेवाहरु (डेन्टल फिलिङ, डेन्टल स्केलिङ, आरसीटी र एक्स्ट्राक्सन ईटीसी)मा १० प्रतिशत छुटका साथै दाँतको विशेष उपचार सेवा (डेन्टल इम्प्लान्ट्स, भेनीर, ब्रेसेस अलाइनर, डर्माटोलोजिस्टमा ७ प्रतिशत छुट उपभोग गर्न सक्नेछन्।
ग्राहकहरुले काठमाडौंस्थित जोरपाटीमा केडीसी एस्थेटिक सेन्टर÷कान्तिपुर डेन्टल सेन्टर र पोखरास्थित न्युरोडमा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स एण्ड डेन्टल हस्पिटलमा उक्त छुट प्राप्त गर्न सक्नेछन्। त्यस्तै कान्तिपुर डेन्टर सेन्टरका नाममा काठमाडौंस्थित सतुंगल, चितवनस्थित भतरपुर, बुटबलस्थित भल्वारी तिलोत्तमा उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन्।
यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया