नक्कली सुन देखाइ २१ लाख र कर्मचारी हुँ भन्दै १३ लाख असुल्ने व्यक्ति पक्राउ

काठमाडौं। नक्कली सुन देखाइ रु २१ लाख ५० हजार ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ घर भई हाल भक्तपुर ठिमि-८ बोडे बस्ने २८ वर्षीय बुद्धिबहादुर तामाङ तथा नुवाकोट मेगङ गाउँपालिका-८ घर भई हाल भक्तपुर चागुनारायण-८ सुडाल बस्ने २२ वर्षीय सुमन तामाङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।
उनका अनुसार नक्कली सुन देखाइ प्रतितोला रु एक लाख १० हजारमा दिन्छु भनी प्रलोभनमा पारी गत फागुन २५ गते ओखलढुङ्गाका ढकबहादुर बुढाथोकीबाट रु १२ लाख र जेठ २७ गते दोलखा भीमेश्वर-५ का अर्जुन बस्नेतबाट रु नौ लाख ५० हजार लिई फरार रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो।
उनीहरूको साथबाट सुनजस्तो देखिने पहेलो धातु (एक केजी) एक थान बरामद गरिएको थियो। दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको सूचना अधिकारी आचार्यले बताए।
यसैगरी काठमाडौं महानगरपालिकाको कर्मचारी हुँ भन्दै रु १३ लाख २५ हजार असुली गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा दोलखा सैलुङ गाउँपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-६ बस्ने २८ वर्षीय राजु लामा रहेका प्रहरीले जनाएको छ।
लामाले काठमाडौं महानगरपालिका-३१ स्थित वडा एरियामा आफू काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारी हुँ भन्दै प्रत्यक घरबाट रकम उठाउने गरेकाले प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
अनुसन्धानका क्रममा निज महानगरपालिकाको कर्मचारी नभएको, तर पटकपटक गरी हालसम्म रु १३ लाख २५ हजार असुली गरेको र निजको साथबाट नगद रु छ हजार ५००, रसिद, बिलबिजक पाँच थान, कोटेश्वर बेष्ट कन्सर्नको महसुल कार्ड नौ थान, नेपाल फूलबारी सेवा प्रालिको सरसफाइ शुल्क कार्ड दुई थान बरामद गरी थप अनुसन्धान भइरहेको प्रवक्ता बोहराले जानकारी दिए।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया