सशस्त्र प्रहरी प्रमुखबाट दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ।सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले आज प्रधान कार्यालय, हलचोकमा हालै पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा पदोन्नति भएका मनिष थापा र प्राविधिक उपरीक्षकबाट प्राविधिक बरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका इञ्जिनियर मिलनमान मास्केलाई महानिरीक्षक अर्यालले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
त्यस्तै, विशेष बढुवा भएर सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा पदोन्नति हुनुभएका ईश्वरी बहादुर पुन, चाम नारायण महतो र रित बहादुर बस्नेतलाई समेत चिन्ह प्रदान गरिएको छ।
नेपाल सरकारको साउन १२ गतेको निर्णयअनुसार गरिएको पदोन्नतिका अवसरमा महानिरीक्षक अर्यालले सबै बढुवा अधिकृतहरूलाई बधाई ज्ञापन गर्दै संगठनप्रतिको समर्पण, योगदान र आत्मविश्वासको उच्च मूल्याङ्कनका आधारमा बढुवा गरिएको उल्लेख गरे।
उनले सबैलाई पूर्ण व्यावसायिकता, उत्तरदायित्व र कर्तव्यनिष्ठाका साथ आम नागरिकको सेवा, सुरक्षा र सहयोगमा समर्पित रहन निर्देशन दिए ।
लैङ्गिक हिंसामा शून्य सहनशीलता, आर्थिक अनुशासन, मानवअधिकारको संरक्षण र संगठनप्रतिको निष्ठा अनिवार्य रहेको भन्दै अनुशासन र इमान्दारिताका साथ कार्य सम्पादन गर्न उनको जोड थियो।
साथै, विशेष बढुवापछि अवकाशमा जान लाग्नुभएका अधिकृतहरूको योगदानको प्रशंसा गर्दै उनले उहाँहरूको आगामी जीवन सुखमय रहोस् भन्ने शुभकामना व्यक्त गरे ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, बंशीराज दाहाल र गणेशबहादुर ठाडा मगरसहित सशस्त्र प्रहरीका वरिष्ठ तथा कनिष्ठ अधिकृत तथा विल्लादार जवानहरूको समेत उपस्थिति रहेको थियो।

















2 Police Officers Killed, 3 Injured in Missouri, Central US
बागलुङमा ५९ थान हातहतियार बुझाइयो
Election materials, ballot papers sent to 75 districts: EC
नेशनल लाईफको ३९औं बार्षिकोत्सव सम्पन्न
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
प्रतिक्रिया