गाजामा भोकमरी चरम सीमामा, संयुक्त राष्ट्रसंघद्वारा गम्भीर चिन्ता व्यक्त

गाजा क्षेत्रमा भइरहेको भोकमरी र मानवीय संकट अत्यन्तै गम्भीर बन्दै गएको छ । संयुक्त राष्ट्रसंघको खाद्य कार्यक्रम संस्थाका आपतकालीन निर्देशक रॉस स्मिथले भन्नुभयो,“हामीले यो शताब्दीमा यति पीडादायक अवस्था देखेका थियैनौं । गाजामा अहिले भइरहेको भोकमरीले इथियोपिया र बियाफ्राको विगतका दुर्भिक्ष सम्झाइरहेको छ ।”
खाद्य सुरक्षा मूल्याङ्कन निकाय (आईपीसी) ले गाजाको अधिकांश क्षेत्रमा भोकमरीको अवस्था ‘गम्भीर तह’ पार गरिसकेको जनाएको छ । यदि तुरुन्तै राहत सामग्री सहज रूपमा गाजामा प्रवेश गर्न दिइएन भने, स्थिति झनै भयावह हुने स्पष्ट चेतावनी दिइएको छ । गाजा सहरमा पोषणको अवस्था पहिलोपटक दुर्भिक्षको सीमा पार गरेको रिपोर्टमा उल्लेख छ । संकटको सबैभन्दा कठोर मार महिला र बालबालिकामाथि परेको छ ।
संयुक्त राष्ट्रसंघको महिला संस्थाका अनुसार,“महिला आफ्ना नानीहरूलाई जोगाउन आफ्नो ज्यान जोखिममा राख्दै छन् । बालबालिका आमाको आँखा अगाडि भोकै मर्न बाध्य छन् ।” हाल केही देशहरूले आकाशबाट राहत सामग्री खसाल्ने प्रयास गरेका छन्, तर संयुक्त राष्ट्रसंघका अधिकारीहरूले स्थलगत आपूर्तिलाई नै सबैभन्दा सुरक्षित उपाय मानेका छन् ।
अन्ततः, संयुक्त राष्ट्रसंघले सबै सरोकारवाला पक्षहरूलाई तत्काल सहयोग मार्ग खोल्न, स्थायी युद्धविराम सुनिश्चित गर्न र लाखौं निर्दोष नागरिकको जीवन रक्षाका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ ।
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया