गाजामा भोकमरी चरम सीमामा, संयुक्त राष्ट्रसंघद्वारा गम्भीर चिन्ता व्यक्त

गाजा क्षेत्रमा भइरहेको भोकमरी र मानवीय संकट अत्यन्तै गम्भीर बन्दै गएको छ । संयुक्त राष्ट्रसंघको खाद्य कार्यक्रम संस्थाका आपतकालीन निर्देशक रॉस स्मिथले भन्नुभयो,“हामीले यो शताब्दीमा यति पीडादायक अवस्था देखेका थियैनौं । गाजामा अहिले भइरहेको भोकमरीले इथियोपिया र बियाफ्राको विगतका दुर्भिक्ष सम्झाइरहेको छ ।”
खाद्य सुरक्षा मूल्याङ्कन निकाय (आईपीसी) ले गाजाको अधिकांश क्षेत्रमा भोकमरीको अवस्था ‘गम्भीर तह’ पार गरिसकेको जनाएको छ । यदि तुरुन्तै राहत सामग्री सहज रूपमा गाजामा प्रवेश गर्न दिइएन भने, स्थिति झनै भयावह हुने स्पष्ट चेतावनी दिइएको छ । गाजा सहरमा पोषणको अवस्था पहिलोपटक दुर्भिक्षको सीमा पार गरेको रिपोर्टमा उल्लेख छ । संकटको सबैभन्दा कठोर मार महिला र बालबालिकामाथि परेको छ ।
संयुक्त राष्ट्रसंघको महिला संस्थाका अनुसार,“महिला आफ्ना नानीहरूलाई जोगाउन आफ्नो ज्यान जोखिममा राख्दै छन् । बालबालिका आमाको आँखा अगाडि भोकै मर्न बाध्य छन् ।” हाल केही देशहरूले आकाशबाट राहत सामग्री खसाल्ने प्रयास गरेका छन्, तर संयुक्त राष्ट्रसंघका अधिकारीहरूले स्थलगत आपूर्तिलाई नै सबैभन्दा सुरक्षित उपाय मानेका छन् ।
अन्ततः, संयुक्त राष्ट्रसंघले सबै सरोकारवाला पक्षहरूलाई तत्काल सहयोग मार्ग खोल्न, स्थायी युद्धविराम सुनिश्चित गर्न र लाखौं निर्दोष नागरिकको जीवन रक्षाका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ ।
















उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
अमेरिकाले नेपाल ‘ए’लाई दियाे २६३ रनको लक्ष्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया