बागमती कांग्रेस संसदीय दलको नेतामा लामा र बानियाँबीच प्रतिष्पर्धा हुने
मेरोन्यूज
२०८२ साउन १४ गते ११:४२

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी परेको छ ।
प्रदेश सभापति समेत रहेका इन्द्र बहादुर बानियाँ र मुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गरेका हुन् । लामाको प्रस्तावकमा तीर्थ लामा र रामकृष्ण चित्रकार रहेका छन् भने समर्थकमा कुन्दन राज काफ्ले र रामकुमार पहाडी छन् ।
मुख्यमन्त्री लामाले अविश्वासको प्रस्तावबाट दलको नेताको हैसियत गुमाएपछि दलको नेता चयनका लागि आज हेटौंडामा चुनाव हुँदै छ ।
दिउँसो १ बजे अन्तिम उम्मेदवारको नामावली प्रकाशन गर्ने र मतदान २ बजेदेखि ३ बजेसम्म हुने निर्वाचन समितिले जानकारी गराएको छ ।
मतदान सम्पन्न भए लगत्तै मतगणना सुरु गरिने र सोही दिन निर्वाचन परिणाम घोषणा गरिने जनाइएको छ ।
सम्बन्धित
















कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया