बागमती प्रदेशप्रमुख अस्वस्थः मन्त्रीहरुको शपथ स्थगन
मेरोन्यूज
२०८२ साउन १५ गते १०:२६

बागमती। बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा अस्वस्थ भएका छन् । उनको स्वास्थ्यमा अचानक समस्या आएकाले आज अपराह्नका निम्ति निर्धारित नवनियुक्त मन्त्रीहरुको शपथ कार्यक्रम स्थगन भएको हो ।
प्रदेशका प्रमुख देवकोटा आज बिहान उपचारका लागि काठमाडौँ प्रस्थान गरेकाले अर्काे सूचना प्रकाशन नभएसम्मका लागि शपथको कार्यक्रम स्थगन भएको प्रदेशप्रमुखको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार प्रदेशसभा सदस्यहरु गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारणमन्त्रीमा नियुक्त गरी शपथका लागि प्रदेशप्रमुखसमक्ष सिफारिस गरेका थिए ।
सम्बन्धित
















अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया