बाढीका कारण दक्षिणी म्यान्मामा १० हजारभन्दा बढी मानिस विस्थापित
मेरोन्यूज
२०८२ साउन १५ गते १८:१४

म्यान्माको कायिन राज्यको हपा–अन बस्तीमा बाढीका कारण दुई हजार दुई सय ९८ घरपरिवारका कुल १० हजार तीन सय ९५ जनालाई २४ अस्थायी उद्धार आश्रयमा सारिएको सरकारी म्यान्मा रेडियो र टेलिभिजनले बुधबार राति जनाएका छन् ।
भारी वर्षापछि थानल्विन नदी खतराको स्तरभन्दा माथि पुगेका कारण बुधबार विपद् व्यवस्थापन समितिका सदस्य, अग्नि नियन्त्रक, म्यान्मा रेडक्रस सोसाइटी र समुदायमा आधारित संस्थाहरूले उनीहरूलाई सो क्षेत्रबाट अन्यत्र सारेका थिए ।
बिहीबार मौसम विज्ञान तथा जलविज्ञान विभागका अनुसार हपा–अनको नदी खतराको स्तरभन्दा करिब छ फिट माथि पुगेको छ र अर्को दिन पनि जोखिममा रहने अनुमान गरिएको छ ।
कायिन राज्य सरकारले दाताहरूसँगै आधारभूत खाद्यान्न आपूर्ति गरिरहेको छ भने स्वास्थ्य मन्त्रालयले चिकित्सा उपचार र सेवाहरू प्रदान गरिरहेको छ ।
सम्बन्धित
















हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालन
क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
प्रधानमन्त्री कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली अर्पण
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
प्रतिक्रिया