सिरहामा १०३ किलो गाँजासहित नौ जना पक्राउ

सिरहा। यहाँको औरही गाउँपालिका–४ कमलपुरबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान ४ बजेको समयमा विशेष सूचनाका आधारमा प्रहरीले छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्माले पक्राउ पर्नेमा पाँच जना भरिया, एक जना रेक्की गर्ने व्यक्ति, गाँजा साहु तथा खरिद गर्न आएका दुई जना भारतीय नागरिक रहेको बताए।
भरियामा गोलबजार नगरपालिका–१ मक्सारका ४२ वर्षीय जयराम जोशी, ३० वर्षीय शिवकुमार सदा, २२ वर्षीय कृष्ण सदा, १८ वर्षीय सुरज सदा र १७ वर्षीय पशुपति सदा रहेका छन् । रेक्की गर्ने व्यक्ति औरही गाउँपालिका–३ का ४२ वर्षीय राजेन्द्र यादव र साहु गोलबजार नगरपालिका–१ मक्सारकै ३२ वर्षीय जीवछ साह रहेका छन् ।
यस्तै, खरिद गर्न आएका भारतीय नागरिक मधुवनी जिल्ला, कुमरखद ग्राम पञ्चायत–१४का ३० वर्षीय धर्मेशकुमार कामति र ३९ वर्षीय वैधनाथ चौधरी रहेका छन् । चौधरीको साथबाट नेपाली रुपैयाँ ४५ हजार पनि बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक शर्माका अनुसार गाँजा पाँचवटा बोरामा हालेर आँपको बगैचामा लुकाइ राखिएको थियो । प्रारम्भमा गाँजा ओसार्दै गरेका भरिया फेला परेपछि उनीहरूलाई केरकार गर्दै जाँदा बाँकी समूह गाँजासहित फेला परेको हो ।
पक्राउ परेकाविरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै घर भत्काइयो
जिफन्टद्वारा नौबुँदे घोषणापत्र सार्वजनिक
नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया