आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ। सङ्घीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०० बजे बस्दैछ । आजको बैठकमा ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ लाई पारित गर्ने कार्यसूची छ । त्यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद गौतमले सो विधेयक सदनमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव राख्नेछन् ।
सो विधेयकमाथि प्राप्त भएका संशोधन प्रस्तावलाई निणयार्थ प्रस्तुत गरिनेछ । बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ प्रस्तुत गर्नुहुनेछ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
















भोजपुर वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
नेपालले बङ्गलादेशलाई पराजित गर्दै एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया