दाङको तुलसीपुरमा कुलोमा बगेर दुई वर्षीया बालिकाको मृत्यु
मेरोन्यूज
२०८२ साउन २० गते ८:३३

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–१४ गोठुवामा कुलोमा बगेर गम्भीर घाइते भएकी दुई वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।
स्थानीय सुदेश बस्नेतकी छोरी सुष्मा बस्नेत आज साँझ घर अगाडि खेल्ने क्रममा नजिकै रहेको कुलोमा खसेकी थिइन् । कुलोमा बगेर गम्भीर घाइते भएकी बालिकालाई तत्कालै स्थानीयले उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार गराएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर पठाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए।
उनको उपचारको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक रानाले बताउनुभयो । उहाँका अनुसार बालिकाको शव नेपालगञ्ज मेडिकल कलेजको शवगृहमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















भोजपुर वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
नेपालले बङ्गलादेशलाई पराजित गर्दै एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया