रास्वपा सचिवालय बैठक आज बस्दै, यस्ता छन् एजेन्डा
मेरोन्यूज
२०८२ साउन २० गते ८:५९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दैछ। आज दिउसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेकाे हाे ।
बैठकमा समसामयिक राजनैतिक एवं पार्टी गतिविधि सम्बन्धमा छलफल हुनुको साथै संसदीय दलको बैठक रुपन्देही, रुपन्देही ३ उपनिर्वाचनको तयारी र सुदूरपश्चिम प्रदेश समस्या समाधान कार्यदलको प्रगति अपडेटबारे पनि छलफल हुने बताइएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा फ्युचर लिडर्स समिट आयोजना गर्ने सम्बन्धमा, भिजिट भिसा प्रकरण छानबिन समितिको म्याद थप सम्बन्धमा, विदेशमा रहेका नेपालीहरूलाई मताधिकारको व्यवस्था गर्न दबाब दिने अभियान सम्बन्धमा र सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर प्रभावकारी बनाउने सम्बन्धमा पनि आजको बैठकमा छलफल हुने नेताहरूले जानकारी दिएका छन् ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया