यस्ता छन् एमाले विधान महाधिवेशनका सम्भावित चार कार्यसूची

काठमाडौँ। नेकपा एमाले ले आगामी भदौ २० देखि २२ गते हुने दोस्रो विधान महाधिवेशनमा चारवटा मुख्य कार्यसूचीमा छलफल हुने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राजनीतिक प्रतिवेदन, साङ्गठानिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र केन्द्रीय निकायका रुपमा रहेका चार सल्लाहकार परिषद् र तीन आयोगको प्रतिवेदन प्रस्तुत हुने जानकारी दिए।
उनका अनुसार महाधिवेशनमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले साङ्गठानिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । यस्तै महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोग अध्यक्ष डा पुष्प कँडेल, निर्वाचन आयोग अध्यक्ष डा विजय सुब्बा र सल्लाहकार परिषद्का अमृतकुमार बोहराले प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।
महाधिवेशनमा प्रस्तुत गर्ने विधान संशोधन प्रस्तावका लागि एमालेले सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीमा छलफल गरी अन्तिम रुप दिएर सुझावका लागि मातहतका कमिटीमा पठाएको छ । देशभरिबाट प्राप्त सुझावका आधारमा उपाध्यक्ष पौडेल नेतृत्वको समितिले मस्यौदालाई अन्तिम रुप दिनेछ । एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सन्राइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ ।
प्रचारका लागि केन्द्रीय प्रचार विभाग प्रमुख स्थायी कमिटी सदस्य राजेन्द्र गौतमको संयोजकत्वमा प्रचार उपसमिति गठन भएको छ । कार्यदलमा केन्द्रीय प्रचार विभाग सदस्य गणेश बस्नेत, गणेश पाण्डे, श्रीधर आचार्य, चेतन अधिकारी, दीपक ज्ञवाली, विश्वमणि सुवेदी रहेका छन् ।










एमाले फर्किएकी रामकुमारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी
सुनिता डंगोल एमाले केन्द्रीय सदस्य निर्वाचित
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ
उपमहासचिव हारेका विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित
लगातार तेस्रोपटक एमाले अध्यक्ष बनेका केपी ओलीको यस्तो छ राजनीतिक यात्रा
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
अनेरास्ववियु अध्यक्षमा ७ मतले पराजित प्रकाश पौडेलले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
प्रतिक्रिया