झापामा गाउँलेले राति आँपको रुखमा बाँधेका पुरुष बिहान मृत भेटिए

विराटनगर । झापामा गाउँलेले रुखमा बाधेका व्यक्ति मृत भेटिएका छन् । मंगलबार राति करिब साढे १० बजे झापा गाउँपालिका- १ लसुनामा आँपको रुखमा बाधेका स्थानीय ६० वर्षीय जतन सोरेन बुधबार बिहान मृत भेटिएका हुन् ।
अत्याधिक मदिरा सेवन गरेका सोरेनलाई मंगलबार राति स्थानीयले आँपको रुखमा बाँधेका थिए । बुधबार बिहान करिब ४ बजे उनी बाँधेकै अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिए । मृतकलाइ आँपको रुखमा प्लाष्टिकको डोरीले बाँधेर छाडेका थिए । बुधबार बिहान करिब ४ बजे उठेर हेर्दा मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनापछि प्रहरीले अनुसन्धानका लागि मृतकको छोरा २७ वर्षीय अनतलाल सोरेन, सोही स्थानका ५० वर्षीय महादेव टुडु, २० वर्षीय लुखिराम टुडु, २१ वर्षीय लखिराम टुडुलाई पक्राउ गरेको छ । अन्य फरार छन् ।
पक्राउ परेकाहरुमाथि प्रहरीले ज्यान मुद्दा चलाउने तयारी गरेको छ
















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया