अविरल वर्षाका कारण बैतडीमा घर भत्कियो
मेरोन्यूज
२०८२ साउन २३ गते १२:४०
दशरथचन्द (बैतडी) । लगातारको वर्षाले बैतडीमा एक घर भत्किएको छ । सुर्नया गाउँपालिका-३ तडीगाउँ गैरका धर्मे भट्टको दुईतले ढुङ्गाको कच्ची घर भत्किएको हो ।
अविरल वर्षाका कारण आज बिहान पानी घरभित्र पसेर पूर्ण रूपमा क्षति भएको अस्थायी प्रहरी पोष्ट सतबाँझका इञ्चार्ज अम्बादत्त जोशीले जानकारी दिए । उनका अनुसार वर्षाका कारण घरभत्किएपछि भट्टको परिवारलाई आफन्तकोमा बसिरहेका छन् ।
घर भत्किएको समयमा भित्र कोही नरहेकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । घर भत्किएपछि आफूहरूलाई बसोबासका लागि समस्या भएको भन्दै तत्काल वैकल्पिक व्यवस्था गर्न भट्टले सरोकार भएका निकायसँग आग्रह गरे ।
सम्बन्धित
















भोजपुर वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
नेपालले बङ्गलादेशलाई पराजित गर्दै एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया