शनिबार, मंसिर ६, २०८२

बाजुरामा भिरबाट लडेर मृत्यु भएका व्यक्तिको शब निकालियो

मेरोन्यूज २०८२ साउन २४ गते १०:०३

बाजुरा। बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–९ बिस्नापानी भन्ने स्थानमा साउन २२ गते राती ८ वजे भिरबाट लडेर मृत्यु भएका व्यक्तिको शव निकालिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षाफौजले शुक्रवार सांझ शब निकालेको हो । काठमाण्डौं जिल्लाको गोकर्णेश्वर नगरपालिका–५ नारायणटार बस्ने ५२ बर्षिय विप्लव ओझा बडिमालिका मन्दिर दर्शन पश्चात नाटेश्वरी धाम जाने क्रममा बाटोबाट चिप्लिएर करिव ७ सय मिटर तल बिस्नापानी खोल्सामा खसेका थिए ।

घटानाबारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाजुराबाट बडिमालिका त्रिवेणी धाममा मेला सुरक्षार्थ खटिएको टोली र नेपाल प्रहरिको सहितको संयुक्त सुरक्षाफौज उद्दारमा परिचाल भएको थियो । थप मद्दतको लागि आश्रित गुल्म बाजुराबाट २३ गते विहान विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज समेत त्यसतर्फ पठाईएको थियो । सोहि फौजले खोंचबाट शब निकालेको हो ।

प्रतिक्रिया