बाजुरामा भिरबाट लडेर मृत्यु भएका व्यक्तिको शब निकालियो

बाजुरा। बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–९ बिस्नापानी भन्ने स्थानमा साउन २२ गते राती ८ वजे भिरबाट लडेर मृत्यु भएका व्यक्तिको शव निकालिएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षाफौजले शुक्रवार सांझ शब निकालेको हो । काठमाण्डौं जिल्लाको गोकर्णेश्वर नगरपालिका–५ नारायणटार बस्ने ५२ बर्षिय विप्लव ओझा बडिमालिका मन्दिर दर्शन पश्चात नाटेश्वरी धाम जाने क्रममा बाटोबाट चिप्लिएर करिव ७ सय मिटर तल बिस्नापानी खोल्सामा खसेका थिए ।
घटानाबारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाजुराबाट बडिमालिका त्रिवेणी धाममा मेला सुरक्षार्थ खटिएको टोली र नेपाल प्रहरिको सहितको संयुक्त सुरक्षाफौज उद्दारमा परिचाल भएको थियो । थप मद्दतको लागि आश्रित गुल्म बाजुराबाट २३ गते विहान विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज समेत त्यसतर्फ पठाईएको थियो । सोहि फौजले खोंचबाट शब निकालेको हो ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया