बिहीबार, वैशाख २४, २०८३

गाजामा भएको इजरायली आक्रमणमा १० जनाको मृत्यु

मेरोन्यूज २०८२ साउन २४ गते १७:४३

काठमाडौँ । गाजामा शनिबार भएको इजरायली आक्रमणमा सहायताको लागि पर्खिरहेका नागरिकसहित कम्तीमा १० जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले बताएको छ।

Advertisement
NiccNicc

मध्य गाजाको सहायता केन्द्र नजिकै भेला भएका सर्वसाधारणलाई लक्षित गरी इजरायली सेनाले आक्रमण गरे पछि कम्तीमा छ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बासलाई उदृत गर्दै एएफपीले जनाएको छ। उहाँले इजरायलले मध्य गाजाका क्षेत्रहरूमा पनि आक्रमण गर्दा कयौँको ज्यान गएको बताएका छन्।

अमेरिका र इजरायल समर्थित गाजा ह्युमेनिटेरियन फाउन्डेसनद्वारा सञ्चालित खाना वितरण केन्द्रहरूसहितका खाना वितरण केन्द्रहरूमा दैनिक हजारौं गाजनहरू सहयताको लागि भेला हुने गरेको जनाइएको छ। पछिल्लो समयमा इजरायली सेनाले सहायताको लागि पर्खिरहेका मानिसहरूलाई लक्षित गरी दैनिक आक्रमण गर्दा उनीहरुले ज्यान गुमाइ रहेका छन्।

युद्ध सुरु भएदेखि गाजामा आपूर्तिको प्रवेशमा इजरायली प्रतिबन्धले खाद्यान्न, औषधि र इन्धनलगायतका आवश्यक आपूर्तिको अभाव निम्त्याएको छ।

शुक्रबार इजरायली सुरक्षा परिषद्ले गाजा सहर कब्जा गर्ने प्रधानमन्त्री नेतान्याहुको योजनालाई अनुमोदन गरेको थियो।

यसले विश्वभर आक्रोशको लहर निम्त्याए पछि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नेतान्याहूले इजरायलले गाजालाई कब्जा गर्न नभई गाजालाई हमासबाट मुक्त गर्न खोजेको बताएका छन्। इजरायलले यस क्षेत्रका २० लाखभन्दा बढी मानिसलाई अनिकालबाट फिर्ता ल्याउन र प्यालेस्टिनी उग्रवादीहरूले बन्धक बनाएका मानिसहरूलाई मुक्त गरी युद्धविराम सुनिश्चित गर्न बढ्दो दबाबको सामना गरिरहेको छ।

प्रतिक्रिया