तनहुँमा इलाका प्रशासन कार्यालयको आवश्यकता

दमौली (तनहुँ)। जिल्ला प्रशासन कार्यालयले एक वर्षमा करिब डेढ लाख सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८१ /८२ मा एक लाख ४७ हजार ८३१ जनालाई विविध सेवा प्रदान गरेको हो । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार ९५ हजार ३४१ राष्ट्रिय परिचयपत्र, २५ हजार ९१८ राहदानी, १७ हजार ९०७ नागरिकता, पाँच हजार ४८४ सिफारिस, एक हजार ४६७ गुनासो, सात सय ९४ संस्था दर्ता÷नवीकरण, छ सय छ नाबालक परिचयपत्र, एक सय ८२ जनालाई हातहतियार नवीकरण / नामसारीसम्बन्धी सेवा प्रदान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको बढ्दो चापका कारण इलाका प्रशासन कार्यालयको आवश्यकता देखिएको अधिकारीको भनाइ छ । जिल्लामा सोही आर्थिक वर्षमा ३५ जनाले नागरिकता परित्याग गरेका छन् । नागरिकता परित्याग गर्नेमध्ये सात महिला र २८ पुरुष रहेको प्रजिअ अधिकारीले बताए । उनका अनुसार सोही अवधिमा तीन महिलाको नागरिकता रद्द गरिएको छ । कार्यालयले सो आवमा १७ हजार ८६९ नागरिकता प्रमाणपत्र वितरण गरेको छ ।
ती मध्ये आठ हजार ७१८ नयाँ नागरिकता र नौ हजार १५१ प्रतिलिपि रहेको प्रजिअ अधिकारीले बताउनुभयो । उहाँका अनुसार नयाँ नागरिकतातर्फ वंशज (बाबुका आधारमा) आठ हजार ६७६, वंशज (आमाका आधारमा) तीन, गैरआवासीय २९ र वैवाहिक अङ्गीकृत १० नागरिकता वितरण गरिएको छ । नागरिकता प्राप्त गर्नेमा चार हजार ४५९ महिला र चार हजार २५९ पुरुष छन् । प्रतिलिपितर्फ वंशजका आधारमा चार हजार ४७७ महिला, चार हजार ६६४ पुरुष, वैवाहिक अङ्गीकृत आठ र जन्मसिद्ध दुई नागरिकता वितरण गरिएको छ ।
मासिक रूपमा साउनमा एक हजार ८६९, भदौमा एक हजार १८६, असोजमा सात सय ९१, कात्तिकमा एक हजार ८०२, मङ्सिरमा एक हजार ४३५, पुसमा एक हजार २४४, माघमा एक हजार ६०१, फागुनमा एक हजार १९७, चैतमा एक हजार ४२४, वैशाखमा एक हजार ३६५, जेठमा दुई हजार १९१ र असारमा एक हजार ७६४ नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ । कार्यालयले एक वषमा छ सय नाबालक परिचयत्र वितरण गरेको छभने छवटा प्रतिलिपि वितरण गरेको छ ।
यस्तै पाँच हजार एक महिला, आठ हजार ४५० पुरुष र दुई सय ६४ नाबालक गरी १३ हजार ७१५ राहदानी विवरण सङ्कलन गरिएकामा चार हजार ४५८ महिला र सात हजार ७४५ पुरुष गरी १२ हजार २०३ राहदानी वितरण गरिएको कार्यालयले जनाएको छ । सो अवधिमा १२ हजार ९९६ महिला र १७ हजार ६६४ पुरुष गरी ३० हजार ६६० जनाको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गरिएको छ । कार्यालयमा आएका ६४ हजार ६८१ थान परिचयपत्र सम्बन्धित पालिकामा पठाएर वितरण भइरहेको प्रजिअ अधिकारीको भनाइ छ ।









चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे
पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
एनपिएलमा आज दुई खेलकाे राेचक भिडंन्त
प्रतिक्रिया