बिहीबार, वैशाख २४, २०८३

इजरायली आक्रमणमा मारिए सहासी अनस अल-शरीफ सहित अन्य पाँच पत्रकार

मेरोन्यूज २०८२ साउन २६ गते ९:५७

गाजा- आइतबार राति गाजा सहरमा इजरायली आक्रमणमा ६ जना पत्रकारको मृत्यु भएको छ । मारिएकामा चारजना अल जजिराका पत्रकार छन्। अल-शिफा अस्पतालले उनीहरू मारिएको पुष्टि गरेको छ ।

Advertisement
NiccNicc

अल जजिराका पत्रकारहरुमा संवाददाता अनस अल- शरीफ, मोहम्मद कुरैकेह र क्यामेरा सहायक इब्राहिम जाहेर तथा मोहम्मद नुफाल छन्।अल जजिराका अनुसार उनीहरू अस्पतालको मुख्य गेटमा पत्रकारहरूका लागि बनाइएको टेन्टमा रहेका बेला आक्रमण भएको हो।

‘गाजाका सबैभन्दा साहसी पत्रकारमध्येका अनस अल-शरीफ र उनका सहकर्मीहरूको हत्या गर्ने आदेश, गाजाको कब्जा अघि उनीहरूको आवाज दबाउने हताश प्रयास हो,’ अल जजिराले आक्रमणपछि जारी गरेको विज्ञप्तिमा भनेको छ।

हत्या हुनु केही मिनेटअघि अल-शरीफले सामाजिक सञ्जालमा लेखेका थिए, ‘यदि यो पागलपन अन्त्य भएन भने, गाजा भग्नावशेषमा परिणत हुनेछ, यहाँका जनताको आवाज बन्द हुनेछ, उनीहरूको अनुहार मेटिनेछ, र इतिहासले तपाईंहरूलाई त्यस्तो नरसंहारका मौन साक्षीको रूपमा सम्झिनेछ, जुन रोक्ने तपाईंले रोज्नुभएन।’

संयुक्त राष्ट्रसंघले पनि अल-शरीफविरुद्धको इजरायलको आरोपलाई निराधारभनेको छ।

अनस अल–शरीफ आक्रमण हुनुअघि सामाजिक सञ्जालमा गाजा सिटीमा भइरहेको भीषण बमबारीको बारेमा लेखिरहेका थिए।

अक्टोबर २०२३ देखि गाजामा सुरु भएको इजरायली सैन्य कारबाहीमा अहिलेसम्म १८६ पत्रकारको मृत्यु भएको ‘कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स’ का तथ्याङ्कमा उल्लेख छ।

प्रतिक्रिया