अमेरिकाबाट शेखरलाई उपसभामुख रानाको फोन

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेले हटाउने प्रयासलाई फेरि तीव्र पारिरहेका बेला अमेरिकामा रहेकी उपसभामुख इन्दिरा रानामगरले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई फोन गरेकी छन् ।
रानामगरलाई हटाउन मंगलबार कांग्रेस र एमालेले हस्ताक्षर चलाएको समाचार बाहिरिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा माओवादी केन्द्रसहितका दलहरू आक्रोशित भएका छन्।यस्तोमा कांग्रेसको हस्ताक्षर अभियानमा शेखरले साथ नदिएको चर्चाबीच रानामगरले फोन गरेकाे जनाइएकाे छ ।
शेखर पक्षले हस्ताक्षर गर्नुपर्ने कारण खुलाउन भनेर अडान राखेको समाचार बाहिरिएका बेला रानामगरले अमेरिकाबाट फोन गरेर सोधेकी हुन् ।
‘त्यहाँ के भएको हो ? डाक्टर सा’व भनेर मैले कल गरेको हो’, उनले मंगलबार साँझ भनिन्, ‘उहाँलाई मेरोबारेमा सबै कुरा थाहा छ । मेरो जिन्दगी भनेको खुला किताब जस्तै हो । म कुनै पनि पार्टीहरूमा हिँडेको मान्छे होइन ।’उनले आफूहरूले अहिलेको प्रजातन्त्र कयौँको बलिदान दिएर ल्याएको बताउँदै दुरुपयोग गर्न नमिल्ने उल्लेख गरिन् । ‘हामीले यो प्रजातन्त्रलाई अनेकौँको बलिदान दिएर ल्याएका हौँ । त्यसलाई हामीले दुरूपयोग गर्नु हुँदैन’, उनले भनिन्, ‘मैले नेता शेखरसँग यो के भएको हो भनेर सोधेँ । मैले पहिले पनि यो कुरा सुनेको हो, अहिले पनि सुन्नमा आयो। सुनेपछि फोन गरेर उहाँसँग चासो राखेर सोधेको हो ।’
उपसभामुख रानामगर आफैंले कल गरेको पनि बताइन्। ‘मैले नै फोन गरेको हो । सिनियरहरूलाई सोध्नु पर्यो ’, उनले भनिन्, ‘डेमोक्रेसीमा यस्तो त भएन नि भनेर उहाँसँग चासो राखेकी हुँ ।’ उनले भनीन्।














हातहतियार बुझाउन कञ्चनपुर प्रशासनको निर्देशन
रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण
बाजुरामा रुखबाट लडेर व्यक्तिकाे मृत्यु
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
प्रतिक्रिया