अमेरिकाबाट शेखरलाई उपसभामुख रानाको फोन

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेले हटाउने प्रयासलाई फेरि तीव्र पारिरहेका बेला अमेरिकामा रहेकी उपसभामुख इन्दिरा रानामगरले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई फोन गरेकी छन् ।
रानामगरलाई हटाउन मंगलबार कांग्रेस र एमालेले हस्ताक्षर चलाएको समाचार बाहिरिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा माओवादी केन्द्रसहितका दलहरू आक्रोशित भएका छन्।यस्तोमा कांग्रेसको हस्ताक्षर अभियानमा शेखरले साथ नदिएको चर्चाबीच रानामगरले फोन गरेकाे जनाइएकाे छ ।
शेखर पक्षले हस्ताक्षर गर्नुपर्ने कारण खुलाउन भनेर अडान राखेको समाचार बाहिरिएका बेला रानामगरले अमेरिकाबाट फोन गरेर सोधेकी हुन् ।
‘त्यहाँ के भएको हो ? डाक्टर सा’व भनेर मैले कल गरेको हो’, उनले मंगलबार साँझ भनिन्, ‘उहाँलाई मेरोबारेमा सबै कुरा थाहा छ । मेरो जिन्दगी भनेको खुला किताब जस्तै हो । म कुनै पनि पार्टीहरूमा हिँडेको मान्छे होइन ।’उनले आफूहरूले अहिलेको प्रजातन्त्र कयौँको बलिदान दिएर ल्याएको बताउँदै दुरुपयोग गर्न नमिल्ने उल्लेख गरिन् । ‘हामीले यो प्रजातन्त्रलाई अनेकौँको बलिदान दिएर ल्याएका हौँ । त्यसलाई हामीले दुरूपयोग गर्नु हुँदैन’, उनले भनिन्, ‘मैले नेता शेखरसँग यो के भएको हो भनेर सोधेँ । मैले पहिले पनि यो कुरा सुनेको हो, अहिले पनि सुन्नमा आयो। सुनेपछि फोन गरेर उहाँसँग चासो राखेर सोधेको हो ।’
उपसभामुख रानामगर आफैंले कल गरेको पनि बताइन्। ‘मैले नै फोन गरेको हो । सिनियरहरूलाई सोध्नु पर्यो ’, उनले भनिन्, ‘डेमोक्रेसीमा यस्तो त भएन नि भनेर उहाँसँग चासो राखेकी हुँ ।’ उनले भनीन्।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया