प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक पेस
मेरोन्यूज
२०८२ भदौ ६ गते १६:१९

काठमाडौं। आज प्रतिनिधिसभाकाे बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० को प्रतिवेदन पेस भएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विधेयकको प्रतिवेदन पेस गरेका हुन् । समितिले बिहीबार विधेयक पारित गरेको थियो ।
प्रतिवेदन पेस गर्ने क्रममा समिति सभापति थापाले विधेयकले ऐतिहासिक बाटो अवलम्बन गरेको दाबी गरे । उनले विधेयकप्रति आपत्ति जनाउने सरोकारवाला निकायलाई आन्दोलनको बाटोमा नलाग्न आह्वान पनि गरे ।
‘यो न पहिला थियो, न पछि आउने छ । यसले ऐतिहासिक बाटो अवलम्बन गरेको छ,’ सभापति थापाले भने, ‘त्यस कारण म यो संसदबाटै आन्दोलन गर्छौँ भन्नेहरूलाई त्यो बाटोमा नलाग्न आह्वान गर्न चाहन्छु ।’
सम्बन्धित














नेपाल प्रहरीका ८ डीआईजीको सरुवा
जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
माघ शुक्ल प्रतिपदा : आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया