भ्रष्टाचार मुद्दामा पूर्वमुख्यसचिव अर्यालविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
मेरोन्यूज
२०८२ भदौ ८ गते १६:००

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अन्त शुल्क स्टिकर छपाइको भ्रष्टाचार मुद्दामा पुनरावेदन दिएको छ।
विशेष अदालतले पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललाई सफाइ दिएको थियो। त्यसमाथि चित्त नबुझेपछि अख्तियारले आइतबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हाे ।
अख्तियारले १२ जनाविरूद्ध २०८१ असार ९ गते विशेष अदालतमा ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो।
अन्त शुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन समयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव रहेका अर्याललाई पनि मुद्दा दायर गरिएको थियो।
उक्त मुद्दामा विशेष अदालतले गत सालको मंसिरमा फैसला गर्दै केही प्रतिवादीलाई आंशिक दोषी ठहर गरेको र केहीलाई सफाइ दिएको थियो । अर्याल सफाइ पाउनेमध्येका एक हुन् ।
सम्बन्धित
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
प्रतिक्रिया