आइतबार, वैशाख २०, २०८३

भ्रष्टाचार मुद्दामा पूर्वमुख्यसचिव अर्यालविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

मेरोन्यूज २०८२ भदौ ८ गते १६:००

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अन्त शुल्क स्टिकर छपाइको भ्रष्टाचार मुद्दामा पुनरावेदन दिएको छ।

Advertisement
NiccNicc

विशेष अदालतले पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललाई सफाइ दिएको थियो। त्यसमाथि चित्त नबुझेपछि अख्तियारले आइतबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हाे ।

अख्तियारले १२ जनाविरूद्ध २०८१ असार ९ गते विशेष अदालतमा ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो।

अन्त शुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन समयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव रहेका अर्याललाई पनि मुद्दा दायर गरिएको थियो।

उक्त मुद्दामा विशेष अदालतले गत सालको मंसिरमा फैसला गर्दै केही प्रतिवादीलाई आंशिक दोषी ठहर गरेको र केहीलाई सफाइ दिएको थियो । अर्याल सफाइ पाउनेमध्येका एक हुन् ।

प्रतिक्रिया