राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपाने सर्वसम्मत

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेको मात्रै मनोनयन दर्ता भएको छ।
मंगलबार समिति सभापतिका लागि मनोनयन दर्ताको समयावधि तोकिएकोमा न्यौपानेको मात्रै उम्मेद्वारी परेको हो। न्यौपानेको मनोनयन प्रस्तावकमा सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्ण गोपाल श्रेष्ठ रहेका छन्। एकल उम्मेदवारी परेपछि न्यौपाने समितिको सभापतिमा निर्विरोध भएकी छन्। यद्यपि, सभापतिमा निर्वाचित भएको घोषणा भने बुधबार बस्ने समितिको बैठकले गर्नेछ।
मनोनयन दर्ता गरेपछि न्यौपानेले पार्टीको निर्देशन अनुसार आफूले सुनुवाई समितिको सभापतिबाट राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति पदमा मनोनयन दर्ता गरेको जानकारी दिइन्।
राज्य व्यवस्था समितिमा यसअघि घटेको घटना दोहरिन नदिने गरि सवैलाई विश्वासमा लिएर समितिलाई प्रभावकारी रुपमा अघि बढाउने उनले बताइन्।
राज्य व्यवस्था समितिको सभापतिमा मनोनयन दर्ता गर्नुअघि मंगलबार नै न्यौपानेले संसदीय सुनुवाई समितिको सभापतिबाट राजीनामा दिएकी थिइन्। कुलिङ अफ् पिरियड छेडखानी प्रकरणमा बिशेष समितिले नैतिक जिम्मेवार ठहर गरेपछि यसअघिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका थिए।
















कस्तो रहला आज देशभरको मौसम ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
प्रतिक्रिया