मोरङ कारागारको शौचालयमा मृत भेटिइन् महिला कैदी
मेरोन्यूज
२०८२ भदौ ११ गते १२:०२

विराटनगर । मोरङ कारागारमा थुनामा रहेकी एक महिला मृत अवस्थामा भेटिएकी छन् ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ की ३२ वर्षीया राधा भट्टराई बुधबार बिहान कारागारको महिला सेलमा रहेको शौचालयभित्र मृत अवस्थामा भेटिएकी हुन् ।
उनलाई कर्तव्यज्यान मुद्दामा सुनसरी जिल्ला अदालतले जन्मकैद सजाय सुनाएको थियो । ०८० साल माघ ५ गतेदेखि उनी मोरङ कारागारमा थुनामा थिइन् ।
राधा आफ्ना दुई नाबालक सन्तानसहित सप्तकोसी नहरमा हामफालेकी थिइन् । उनीसहित एक सन्तानको उद्धार गरिएको थियो । अर्को सन्तानको ज्यान गएको थियो । त्यसपछि उनीविरुद्ध कर्तव्य ज्यानको आरोपमा मुद्दा चलाइएको थियो ।
सम्बन्धित
















कस्तो रहला आज देशभरको मौसम ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया