यसवर्षको पद्मश्री साहित्य पुरस्कार‘छालबाटो’लाई

काठमाडौँ। खेमलाल हरिकला लामिछाने प्रतिष्ठानद्वारा स्थापित यस वर्षको पद्मश्री साहित्य पुरस्कार स्रष्टा रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’लाई अर्पण गरिने भएको छ । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले प्रतिष्ठानलाई प्राप्त नेपाली साहित्यका दुई सय तीनवटा पुस्तकमध्ये गत असार १५ गते विस्तारित सूची र साउन १५ गते उत्कृष्ट संक्षिप्त सूची प्रकाशित भएकामा ती कृतिमध्ये पुरस्कार चयन समितिको सिफारिसअनुसार ‘छालबाटो’लाई पुरस्कार प्रदान गर्ने निर्णय भएको जानकारी दिए ।
प्रतिष्ठाने आज एक विज्ञप्ति जारी गरी स्रष्टा भुसालको ‘छालबाटो’ले कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्णालीको उद्गम र भारतको गङ्गासम्मको यात्रामा कर्णालीको प्रवाह, सीमा सुरक्षा, स्थानीय बस्ती, जलवायु परिवर्तन, वन्यजन्तु, जलविद्युत् र विस्थापनजस्ता गम्भीर विषयलाई नियात्रामार्फत जीवन्त रूपमा समेटेको जनाएको छ ।
प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यको उत्कृष्ट कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आइरहेको छ । प्रत्येक वर्ष नेपाली साहित्य, सङ्गीत र कलाको क्षेत्रमा दीर्घसाधना गरेर उत्कृष्ट योगदान पुर्याएका दीर्घसाधकलाई प्रदान गरिने पद्मश्री साधना सम्मान यस वर्ष नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई अर्पण गर्ने निर्णय गरिएको पनि आज जारी विज्ञप्तिमा उल्लेख छ ।
आफ्नो सम्पूर्ण जीवन भाषा, साहित्य, संस्कृति र कलाको उन्नयनमा समर्पित रमा शर्माका अन्वेषण, समालोचना, जीवनी, निबन्ध, भाषा, बालसाहित्यलगायतका करिब दुई दर्जन पुस्तकहरू प्रकाशित छन् । त्यसैगरी, समाजका विविध क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएबापत प्रदान गरिने ‘पद्मश्री गौरव पुरस्कार’ यस वर्ष प्रा डा अभिनारायण सुवेदीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
नेपाली र अङ्ग्रेजी दुवै भाषामा कलम चलाउने निबन्धकार, समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि प्रा डा सुवेदीका करिब तीन दर्जन कृति प्रकाशित छन् । उनी साहित्य सृजना तथा समसामयिक लेखनमा सक्रिय छन् । यी पुरस्कारको राशि जनही अक्षरेपी तीन लाख नगद तथा सम्मानपत्र रहेको छ । यी पुरस्कार तथा सम्मान कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिने अध्यक्ष लामिछानेले बताए ।


















कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट
जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प, ८० सेन्टिमिटरको सुनामीको लहर कुजीमा ठोक्कियो
‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया