ब्यानरमा रेशमको तस्बिरसहित रञ्जिताले राखिन् नाउपाको बैठक

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।
दुई दिनसम्म चल्ने बैठकमा पार्टीको विधान संशोधन, केन्द्रीय सदस्य मनोनयन, निर्वाचन आयोगमा अद्यावधिकलगायत उपनिर्वाचनका विषयमा छलफल हुने नेताहरूले जनाएका छन् ।बैठकमा केन्द्रीय सदस्यका साथै संघ, प्रदेश र स्थानीय तहमा पार्टीका निर्वाचित प्रतिनिधिहरूको समेत सहभागिता छ । तर, पार्टीका संरक्षक रेशम चौधरी पक्ष भने बैठकमा सहभागी भएका छैनन् । बैठकमा राखिएको व्यानरमा एकातर्फ अध्यक्ष रञ्जिता श्रेष्ठ र अर्को तर्फ संरक्षक रेशम चौधरीको तस्बिर छ ।
यसअघि पार्टीका संरक्षक रेशम चौधरी पक्षको राष्ट्रिय भेलाले अध्यक्ष श्रेष्ठलाई पार्टीको अध्यक्ष र साधारण सदस्यबाट समेत हटाएर रेशमका बुवा लालबीरलाई अध्यक्ष बनाएको थियो । तर, निर्वाचन आयोगले उक्त कमिटीलाई मान्यता नदिएपछि रञ्जिता श्रेष्ठ नै अध्यक्ष कायम भएकी थिइन् ।















नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया