बुधबार, पुष ९, २०८२

चितवन कारागारका ५४ कैदीबन्दी फर्किए

मेरोन्यूज २०८२ भदौ २७ गते ६:४१

भरतपुर ।चितवनको भरतपुर कारागारबाट भागेका कैदीबन्दी फर्किन थालेका छन् । बुधबार बिहान आगजनी गरेर निस्किएका कैदीबन्दीमध्ये ५४ जना आफँै फर्किएका हुन् । भरतपुर कारागारबाट ७४० कैदीबन्दी भागेका थिए । अहिले क्रमशः फर्किन थालेको जिल्ला कारागार चितवनका प्रमुख रवीन्द्र ढुङ्गानाले जानकारी दिए ।

बुधबार बिहान नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको घेरा तोडेर कैदीबन्दी बाहिर निस्किएका थिए । उनीहरुलाई फोन गरेर बोलाएपछि आउने क्रम जारी रहेको ढुंगानाले बताए। “बुधबारको माहोल बेग्लै थियो । त्यतिखेर सबै निस्किएर गए”, ढुङ्गानाले भन्नुभयो, “सरकारले भागेका व्यक्तिहरुलाई जसरी पनि समात्छ भनेर पनि हुनसक्छ फर्किएका छन् ।

” कैदीहरुले कारागार तोडफोड गर्दै आगजनी गर्न थालेपछि उनीहरुलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे परेको थियो । आगजनी गर्न थालेपछि कारागारमा तैनाथ सुरक्षाकर्मीहरु कैदीहरुलाई छाड्न बाध्य भएका थिए । उनीहरुले मूल गेटमा आगो लगाएका थिए । ५५० क्षमता रहेको चितवन कारागारमा ७४० कैदीबन्दी थिए । जसमा ४६ जना महिला रहेको ढुङ्गानाले जानकारी दिए ।

प्रतिक्रिया