राष्ट्रपति र सभामुखबीच भेटवार्ता, के के भयाे कुराकानी ?
मेरोन्यूज
२०८२ भदौ २७ गते ७:१८

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच बिहीबार भेटवार्ता भएको छ । सो भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए।
सो अवसरमा वर्तमान राजनीतिक निकासका बारेमा उनीहरूबीच छलफल भएको थियो । सभामुखसँगको भेटका क्रममा राष्ट्रपति पौडेलले संविधानको भावनाअनुसार संविधानभित्रै रहेर राजनीतिक निकास खोज्ने बताएका थिए।
यही भदौ २३ गतेपछि विकसित राजनीतिक घटनाक्रमका बारेमा राष्ट्रपति पौडेल र सभामुखबीच छलफल भएको र उपयुक्त निकासका बारेमा विचारविमर्श भएको बताइन्छ । उनीहरूबीचको भेटलाई महत्त्वका साथ हेरिएको छ ।
सम्बन्धित









एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
UML 11th National Congress elects office-bearers
एमालेका नवनिर्वाचित अध्यक्ष ओलीले लिए शपथ
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
प्रतिक्रिया