बिहीबार, चैत २६, २०८२

ट्रम्पले रूसमाथि थप कडा प्रतिबन्ध लगाउँदै तेल खरिद बन्द गर्न आग्रह

मेरोन्यूज २०८२ भदौ २८ गते २१:२७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का सहयोगीहरूलाई युक्रेनमा जारी युद्ध अन्त्यका लागि रूसलाई दबाव दिन मस्कोमाथि कडा प्रतिबन्ध लगाउन र रुसी तेल किन्न बन्द गर्न आग्रह गरेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

नेटोका सदस्य राष्ट्रहरूलाई लेखेको पत्रमा ट्रम्पले भनेका छन्, “सबै नेटो राष्ट्रहरूले यही काम गर्न सुरु गरिसकेको अवस्थामा म रुसमाथि कडा प्रतिबन्ध लगाउन तयार छु र प्रतिबन्धसँगै सबैले रूसबाट तेल खरिद गर्न पूर्णरूपमा बन्द गर्न आवश्यक हुनेछ।” ट्रम्पले नेटोको प्रतिबद्धताको कमीको आलोचना गर्दै भने, “नेटोको जीत हासिल गर्ने प्रतिबद्धता १०० प्रतिशतभन्दा निकै कम छ र केहीले रुसी तेल खरिद गर्नु आश्चर्यजनक छ ।

यसले तपाईंको वार्ताको स्थिति र रूसमाथि मोलतोल गर्ने शक्तिलाई धेरै कमजोर बनाउँछ।” उहाँले आफ्नो तत्परतामा जोड दिँदै भन्नुभयो, “म तपाईँसँगै अघि बढ्न तयार छु, तपाईंहरूको साथ अवश्यक छ। क्हिले गर्ने निर्णय दिनुहोस्।” नेटोले चीनमाथि ५० देखि १०० प्रतिशतसम्म कर लगाउनुपर्ने प्रस्ताव ट्रम्पले गरेका छन् । ट्रम्पले लेखेका छन्, “मलाई विश्वास छ कि रुस र युक्रेनसँगको युद्ध समाप्त भएपछि चीनमाथि ५० देखि १०० प्रतिशतसम्म करवृद्धि गर्ने नेटोले पनि यो घातक तर हाँस्यास्पद युद्ध अन्त्य गर्न ठूलो सहयोग गर्नेछ ।”

उनले भने, “रुसमाथि चीनको बलियो नियन्त्रण छ र पकड पनि छ र यो शक्तिशाली करले त्यो पकड तोड्नेछ।” ट्रम्पले गत हप्ता सात हजार ११८ जनाले जीवन गुमाएको उल्लेख गर्दै अघिल्लो प्रशासनको आलोचना गरे । उनले भने, “यो ट्रम्पको युद्ध होइन । यदि युद्ध शुरू हुँदा म राष्ट्रपति भएको भए यो सुरु हुने नै थिएन ।

यो बाइडेन र जेलेन्स्कीको युद्ध हो । मैले यहाँ यसलाई रोक्न मद्दत गर्न र हजारौँ रूसी र युक्रेनी जीवन बचाउन मात्र सक्छु। गत हप्ता मात्र सात हजार ११८ जनाले जीवन गुमाएका छन्।” उनले भने, “यदि नेटोले उनको प्रस्तावलाई पछ्यायो भने युद्ध चाँडै अन्त्य हुने र ज्यान जोगाउने ट्रम्पको विश्वास छ ।

“यदि नेटोले मैले भनेजस्तै काम गर्यो भने, युद्ध चाँडै समाप्त हुनेछ, र ती सबैको जीवन बचाउनेछ! होईन भने, तपाईं केवल मेरो समय, र संयुक्त राज्य अमेरिकाको समय, ऊर्जा र पैसा बर्बाद गर्दै छन।” यो प्रस्ताव रुसी तेल आयातको निरन्तरताका कारण भारतीय सामानमा थप २५ प्रतिशत कर लगाएपछि आएको हो ।

शुक्रबार ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति बढ्दो निराशालाई सङ्केत गर्दै युक्रेन सङ्कट समाधानमा चुनौती देखिएको र दुवै पक्षको सहयोगको आवश्यकतालाई जोड दिए थिए। ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप पनि ट्रम्पले लगाएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनसहितका विश्व नेताहरू सहभागी भएकोसेप्टेम्बर ३ मा भएको चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेडपछि यो आरोप लगाइएको हो ।

दोस्रो विश्वयुद्ध समाप्त भएको ८० औं वर्षगाँठको अवसरमा चीनले सेप्टेम्बर ३ मा विशाल सैन्य परेड आयोजना गरेको थियो । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएपनि ट्रम्पले चिनियाँ नेतृत्वसँग आफ्नो व्यक्तिगत सम्बन्ध निकै राम्रो रहेको बताएकाे थियो।

प्रतिक्रिया