निषेधाज्ञा हटाएपछि जनजीवन सामान्य

सुदूरपश्चिम । जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञा आजदेखि हटाएको छ । निषेधाज्ञा हटाएसँगै जिल्लामा यातायात, बजार—व्यवसाय, स्कुल पूर्ववत् अवस्थामा सञ्चालनमा आएपछि जनजीवन सामान्य बनेको छ ।
जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएका सरकारी कतिपय कार्यालयबाट सेवाग्राहीलाई पूर्ववत् अवस्थामा सेवा प्रवाह हुन थालेको छ । सुदूरपश्चिम प्रदेश मन्त्रालय र मातहतका कार्यालय अझै सञ्चालनमा आउन सकेका छैनन् ।
मुख्यमन्त्री कमलबहादुर शाहले प्रदर्शनका क्रममा क्षति भएका मन्त्रालयको आज स्थलगत अनुगमन गरी वस्तुस्थितिबारे जानकारी लिएका छन् । सो अवसरमा उहाँले जतिसक्दो छिटो मन्त्रालयबाट सेवा सुरु गर्न कर्मचारीलाई निर्देशन दिए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी जगदीश जोशीले आगजनी र तोडफोडबाट अधिकांश मन्त्रालयको भौतिक अवस्था शून्यमा पुगेको र महत्त्वपूर्ण कागजात नष्ट भएको बताए ।
प्रदर्शनका क्रममा जिल्लामा सरकारी र निजी गरी १३७ कार्यालय भवन तथा निजी घरमा आगजनी तथा तोडफोड भएका छन् । कार्यालय परिसरमा राखिएका ६६४ सवारीसाधन जलेर नष्ट भएका छन् ।












घरको छतबाट खसेर वृद्धाकाे मृत्यु
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
प्रतिक्रिया