शुक्रबार, वैशाख २५, २०८३

यी माेडललाई डेट गरिरहेका छन् हार्दिक पाण्ड्या

मेरोन्यूज २०८२ असोज १ गते १५:१०

अभिनेत्री नताशा स्टान्कोभिकसँगको सम्बन्ध विच्छेद र गायिका जस्मिन वालियासँगको ब्रेकअपपछि, भारतीय क्रिकेट टिमका अलराउन्डर हार्दिक पाण्ड्याको नाम मोडेल तथा अभिनेत्री माहिका शर्मासँग जोडिएको छ।

Advertisement
NiccNicc

माहिकाले हालै आफ्नो इन्स्टाग्राम स्टोरीमा एउटा फोटो सेयर गरेकी छिन्, जसमा उनको हातमा ३३ नम्बर लेखिएको देखिन्छ। फ्यानहरूले यसलाई हार्दिक पाण्ड्याको जर्सी नम्बरसँग जोडेका छन्।

यसबाहेक, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले हार्दिक र माहिकाले लगाएकाे बाथरोब पनि उस्तै भएको देखाउँदै उनीहरुकाे सम्बन्धबारे अड्कलबाजी गरिरहका छन् ।

हार्दिक र माहिकाले इन्स्टाग्राममा पनि एकअर्कालाई फलो गर्छन्।

हार्दिक पाण्ड्या अहिले २०२५ को एसिया कपको लागि दुबईमा छन् र माहिका पनि दुबईमा रहेको बताइएको छ। यद्यपि, दुवैले आफ्नो सम्बन्धको बारेमा कुनै आधिकारिक बयान दिएका छैनन्।

को हुन् माहिका ?

दिल्लीकी २४ वर्षीया योग प्रशिक्षक तथा मोडेल माहिका शर्माले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोहरूमा आफ्नो मोडलिङ सीप प्रदर्शन गरेकी छिन् र मनिष मल्होत्रा ​​र तरुण ताहिलियानी जस्ता लोकप्रिय फेसन डिजाइनरहरूको लागि र्‍याम्पमा पनि हिँडेकी छिन् ।

प्रतिक्रिया