लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्छ : डा प्रकाशशरण महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले लोकतन्त्रको रक्षाका लागि पार्टी एकजुट हुनुपर्नेमा जोड दिएका छन् । उनले आज आफ्नो निवासमा पत्रकार सम्मेलन गरी जेनजीको प्रदर्शनका क्रममा घुसपैठ गर्ने केही समूहले लोकतान्त्रिक मूल्यमान्यताप्रति आक्रमण गर्न खोजेको आरोप लगाए।
“संसद् नभए पनि हामीले यसको विरोध गरेका छैनौँ, तथापि यो संविधानसम्मत बाटोबाट अगाडि बढ्नुपर्छ, संसद् भएरै पनि यसलाई अझै संविधानसम्मत बनाउन सकिन्थ्यो, त्यसमा त्रुटी भएको छ,” प्रवक्ता डा महतले भने।
वर्तमान अवस्थाबारे पार्टीभित्र गम्भीर छलफल र बहस हुने उनले बताए । चाँडोभन्दा चाँडो लोकतान्त्रिक पद्दति र जननिर्वाचित सरकार जरूरी रहेको प्रवक्ता डा महतको भनाइ थियो । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन र व्यक्तिका घर तथा व्यवसायमा आगजानी गरिनु दुःखद र निन्दनीय कार्य भएको उनले बताए ।
“लोकतन्त्र, नागरिक अधिकार र देशको प्रगतिमा ईश्या गर्ने शक्तिबाट यस्तो काम भएको छ, यसको घोर निन्दा गर्दछु,” प्रवक्ता डा महतले भने । उनले राजनीतिक दलका सबै नेता भ्रष्ट हुन् भन्ने भाष्य गलत भएको बताए ।
लोकतन्त्र प्राप्तिको लडाइँमा लामो समय लड्ने व्यक्ति कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्तीमाथि भएको आक्रमणप्रति उनले दुःख व्यक्त गरे । उनले पछिल्लो घटना तथा पार्टीको महाधिवेशनका बारेमा सन्तुलित, संयमित र सघन रुपमा छलफल गरेर नित्कर्षमा पुगिने उल्लेख गरे ।

















European gas prices jump 45% after Qatar halts LNG output
भाेट हाल्न धमाधम गाउँ जाँदै सर्वसाधारण (तस्बिरहरु)
वीरगञ्ज नाका हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात
मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
प्रतिक्रिया