काठमाडौं महानगरमा हाइ मास्ट लाइट, ६२ वटामध्ये १२ वटा भइसक्यो जडान

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका विभिन्न स्थानमा ६२ वटा हाइ मास्ट लाइट (अत्यधिक उज्यालो दिने विद्युतीय बत्ती) जडान गर्ने भएको छ ।
उज्यालो महानगर योजना अन्तर्गत महानगरपालिकाले करिब १० करोडको लागतमा हाइ मास्ट लाइट जडान गर्न लागेको मेयर बालेन साहले जानकारी दिए ।
उनका अनुसार हालसम्म १२ वटा लाइट जडान भएर बल्न थालिसकेको र दशैंअघि नै बाँकी सबै लाइट जडान गरिसक्ने योजना छ । यी लाइटहरू कहाँकहाँ जडान गर्न लागिएको भन्ने मेयर साहले खुलाएका छैनन् ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै मेयर साहले विगत तीन वर्षदेखि रोकिएको उज्यालो महानगर योजना अब अघि बढाउन लागिएको उल्लेख गरेका छन् ।
यस्तै अघि आर्थिक वर्षमा जडान गरिएका सोलारमा आधारित सडक बत्तीलाई विद्युतीय बत्तीले विस्थापित गरिसकिएको उनले बताए ।
मेयर साहले करिब ८५ करोडको स्ट्रिट लाइट (सडक बत्ती) खरिद तथा जडानका लागि तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।
उक्त परियोजनाले पूर्णता पाएपछि काठमाडौं महानगर रात्रिकालीन समयमा पनि पूर्ण उज्यालो रहने उनको भनाइ छ ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया