चोभारकाे आदिनाथमा एकमहिने मेला सुरु

काठमाडौँ। कोजाग्रत पूर्णिमाका दिनदेखि एक महिनासम्म चल्ने आदिनाथ मेला सुरु भएको छ । काठमाडौँको दक्षिणी भेग चोभारडाँडास्थित आदिनाथ मन्दिरमा उक्त मेला सुरु भएको हो । मन्दिरमा शिव र पार्वतीको संयुक्त आकार प्रतिबिम्वित मूर्ति राखिएका छन् । जसलाई अर्धनारेश्वर ‘आदिनाथ’ भनिन्छ ।
मन्दिरमा हिन्दू र बौद्ध अनुयायीले साझा मन्दिरका रूपमा आस्था प्रकट गर्ने गर्दछन् । कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुने उक्त मेलामा काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट भक्तजन सहभागी हुने गर्दछन् । मेलामा सहभागी भएमा भय, रोग र विघ्नबाट मुक्त भई पारिवारिक सुख र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ । मेला अवधिभर मन्दिरमा दर्शन गरे रोगव्याधि तथा छालासम्बन्धी रोग नलाग्ने किंवदन्ती पनि छ ।
बौद्धमार्गीले लोकेश्वरका रुपमा पूजा गर्ने मन्दिरमा लामो आयु प्राप्त हुने, अकालमा मृत्यु नहुने, धनसम्पत्ति प्राप्त हुने बौद्ध धर्मावलम्बको विश्वास छ । लिच्छवीकालीन राजा अंशुबर्माले स्थापना गरेको यो मन्दिर ऐतिहासिक र पुरातात्त्विक महत्वको छ । हिन्दू धर्मावलम्बीले शिवशक्तिका रूपमा तथा बौद्ध धर्मावलम्बीले आनन्दादी लोकेश्वरका रूपमा आदिनाथलाई पूजा गर्ने गर्दछन् ।
बौद्ध धर्मावलम्बीले करुणाका प्रतीकका रूपमा र हिन्दू धर्मावलम्बीले आदिनाथका रूपमा देवतालाई सम्मान तथा पूजा गर्ने चलन छ । मेला अवधिभर प्रत्येक दिन विभिन्न बाजागाजासहित मन्दिरमा आएर भजनकीर्तन तथा पूजा हुने गर्दछ ।
काठमाडौँबाट करिब नौ किलोमिटर दक्षिणतर्फ अवस्थित उक्त मन्दिर नजिकै चोभारडाँडाबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ । उक्त मन्दिरबाट नजिकै रहेको मञ्जुश्री पार्क, जलविनायक मन्दिर, टौदह पनि धार्मिक महत्वका स्थल हुन् ।
















अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया