‘इभी माइक्रो’ दुर्घटनामा १६ जना घाइते
मेरोन्यूज
२०८२ असोज २१ गते १०:२३

बागमती।मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ हरामी चोकस्थित सडकमा आज बिहान इभी माइक्रो दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
सिन्धुलीबाट हेटाँैडातर्फ आउँदै गरेको म.प्र.०२–००१ ज ००७२ नम्बरको सो गाडी भित्रि बाटोबाट हाइवेतर्फ निस्कदै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिई अनियन्त्रित भई सडकबाट करिब १५ फिट तल खोल्सीमा खसी दुर्घटना हुँदा गाडीमा सवार र मोटरसाइकल चालकसहित १६ जना घाइते भएका हुन् ।
घाइतेलाई उद्वार गरी उपचारको लागि स्थानीय साम्भी पोलिक्लिन तथा सहकारी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए ।
सम्बन्धित
















अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
प्रतिक्रिया