राष्ट्रप्रमुखबाट गरिने नवदुर्गाको विशेष पूजा परम्पराले निरन्तरता पाएन

भक्तपुर । कोजाग्रत पूर्णिमाको दिन हरेक वर्ष राष्ट्रप्रमुखको सवारी भई नवदुर्गाको पूजा र प्रसाद ग्रहण गर्ने कार्य पहिलोपटक यस वर्ष टुटेको छ । आज दिउँसो ४ः०० बजे नवदुर्गाको पूजा एवं प्रसाद ग्रहणका लागि राष्ट्रपति रामचन्द्र पौडेलको सवारी हुने भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले आवश्यक तयारी गरे पनि अचानक राष्ट्रपति आउने कार्यक्रम स्थगित भएको थियो ।
राष्ट्रपतिको सट्टा उहाँको प्रतिनिधिका रूपमा शीतल निवासबाट ४ः१५ उहाँका स्वकीय सचिव सुशील तिमिल्सिना आउनुभएको थियो । उहाँले राष्ट्रपतिका लागि नवदुर्गाको फूल, माला, प्रसाद, बिमिरो र पञ्चरङ्गी धागो लिएर जानुभयो । स्वकीय सचिव तिमिल्सिनाले अचानक राष्ट्रपतिको स्वास्थ्यमा समस्या आएपछि उहाँको सवारी रद्द गरिएको जानकारी दिए।
त्यसपछि सरकारी पूजाको रूपमा नवदुर्गामा आज गुठी संस्थानको तर्फबाट संस्थानका प्रमुख शैलेशराज कुँवरले पूजा गरेका छन् । राष्ट्रपतिको सवारी हुँदा गुठी संस्थानले तयार पारेको पूजा सामग्रीबाट नवदुर्गाको पूजा गर्ने, प्रसाद ग्रहण गर्ने र ३३ नवदुर्गा देवगणलाई राष्ट्रपति कार्यालयबाट ल्याएको दक्षिणा दिने प्रचलन रहेको थियो ।
यसवर्षको दक्षिणा भने जिल्ला प्रशासन कार्यालयमार्फत देवगणलाई केही दिनमा पठाइने जनाइएको छ । नवदुर्गा देवगण नाइके बृजेश वनमालाले राष्ट्रप्रमुखबाट हँुदै आएको नवदुर्गाको पूजा ३८ वर्षमा पहिलोपटक टुटेको बताए । नवदुर्गा जात्रा व्यवस्थापन संस्थाका प्रमुख सल्लाहकार नारायणमान वनमालाले पहिलोपटक यस वर्ष राष्ट्रप्रमुखको हातबाट हुने पूजाले निरन्तरता पाउन नसकेको बताए ।
स्थानीय समाजसेवी एवं ज्येष्ठ नागरिक अनन्त धौभडेलले तान्त्रिक शक्ति रहेको र आफैँ उत्पत्ति भएको किंवदन्तीअनुसार राष्ट्रप्रमुखको पूजाले देशको हित हुने मान्यताअनुसार तत्कालीन राजा वीरेन्द्रको पालामा उक्त परम्परा सुरु भएको जानकारी दिए ।
उनले भने, “दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन राष्ट्रप्रमुखले नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका तथा प्रसाद ग्रहण गर्ने र दरबारस्क्वायर गई तलेजुको प्रसाद ग्रहण गर्ने प्रचलन २०४४ सालबाट सुरू भएको हो । त्यो परम्पराले यस वर्ष निरन्तरता पाउन सकेने ।” यसअघि भने राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपति पौडेलको आगमन हुने गरेको थियो । यदि राष्ट्रपति नआए उपराष्ट्रपति आउने प्रचलन थियो ।














बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
नेकपा र संयुक्त जेनजी आन्दोलनका संयोजक ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया