प्रधानमन्त्री र जेनजी समूहबीच छलफल जारी
मेरोन्यूज
२०८२ असोज २५ गते १२:२०

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग मुलुकको समसामयिक राजनीतिक परिस्थिति, जेनजीका माग सम्बोधन र आसन्न निर्वाचनलगायत विषयमा जेनजी समूहका प्रतिनिधिसँग आज राष्ट्रपति कार्यालयमा छलफल भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा जारी छलफलमा प्रधानमन्त्री कार्की मन्त्री र जेनजी समूहका प्रतिनिधि सुदन गुरुङ, प्रवेश दाहाल, मिराज ढुङ्गानालगायत सहभागी छन् । छलफलमा सुशासन, संविधान संशोधनलगायत विषयमा जेनजी समूहका प्रतिनिधिले आफ्ना धारणा प्रस्तुत गरेका छन् ।
आगामी निर्वाचनमा केन्द्रित भएर विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलका नेताबीच शुक्रबार राष्ट्रपति भवनमा छलफल भएको थियो । युवाहरूको आन्दोलनपछि जेनजी समूहका प्रतिनिधिसँग राष्ट्रपति भवनमा पहिलोपटक छलफल भएको हो ।
सम्बन्धित
















विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
President issues Ordinance on Constitutional Council
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
अमेरिकाले कब्जा गरेको इरानी जहाजको चालक दलका १५ सदस्य इरानलाई हस्तान्तरण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया