कुश्मा घुम्न आएका पर्यटकको झोला बाँदरले लगेपछि…

पर्वत। पर्वत सदरमुकाम कुश्माको बञ्जि साइडमा अनौठो घटना घटेको छ । पछिल्लो समय गाउँघरमा बाँदर आतङ्क बढेको खबर त नौलो थिएन । तर कुश्मामा बाँदरले एक अस्ट्रेलियन नागरिकसहित दुई जनाको राहदानी नै गायब पारिदिएको छ ।
बाँदरले अष्ट्रेलियाबाट नेपाल घुम्न आएका वाल्मस्ली मेथो आडम्स र उनकी श्रीमती दिब्या कार्कीको राहदानी राखेको झोलानै गायब बनाएपछि ती पर्यटक अहिले बिलखबन्दमा परेका छन् । पर्वतको कुश्मास्थित बन्जी साइडमा द क्लिफले सञ्चालनमा ल्याएको बञ्जि र अर्को शाहशिक खेल जीपलाइन अवलोकनका लागि आइपुगेका पर्यटक चढेको गाडीको छतमा रहेको राहदानीसहितको झोला बाँदरले लिएर भिरतिर भागेको पीडित पर्यटकले बताएका छन् ।
आडम्स र कार्कीले एउटै झोलामा राहदानीसहित अन्य महत्वपूर्ण कागजात राखेका थिए । राहदानी बाँदरले लगेको जानकारी गराएपछि खोजीका लागि प्रहरी खटाइएको प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए। उनका अनुसार शनिबार र आइतबार खोजी गर्दा पनि झोला भेटिएको छैन । “शनिबार उनीहरू मुक्तिनाथ जान निस्किरहेका रहेछन् । कुश्मामा बन्जी घुम्न गएको बेलामा झोला गाडीको छतमा राखिएको रहेछ,” उनले भने, “फर्किँदा उक्त झोला नरहेको र बाँदरले लगेको जानकारी गराएका छन् ।” खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो ।
‘हिजोदेखि सात प्रहरीको टोली खटाएका छौँ, आज सशस्त्र प्रहरी पनि खटिएको छ,’ उनले भने, ‘तर भेटिएको छैन । जङ्गलतिर होला भनेर खोजिएको हो । भीर छ, छिर्नै गाह्रो छ ।’ उक्त पासपोर्टसहितको झोला नभेटिएपछि उनीहरुले प्रहरीमा निवेदनसमेत दर्ता गरेका छन् । खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । ‘खोज्नका लागि हामी सक्दो प्रयास गरिरहेका छौँ । यदि पाइएन भने नयाँ प्रक्रियाबाट राहदानी लिनुपर्छ,’ प्रहरी नायव उपरीक्षक यादवले भने ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया