जापानमा भालु आक्रमणबाट एक वर्षमा ७ जनाको मृत्यु

जापानले आर्थिक वर्ष २०२५ मा भालु आक्रमणका कारण अहिले सम्म सात जनाको मृत्यु भएको पुष्टि गरेको छ । जुन आर्थिक वर्ष २००६ मा रेकर्ड राख्न सुरु भए पछिको सबै भन्दा बढी हो ।
भालु आक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आर्थिक वर्ष २०२३ मा छ जना रहेको उल्लेख गर्दै युक्त रेकर्डलाई तोड्दै चालु बर्षमा उच्च रेकर्ड कायम भएको वन तथा वातावरण मन्त्रालयले बुधबार जनाएको छ । मन्त्रालयका अनुसार अधिकांश आक्रमणहरू उत्तरपूर्वी क्षेत्रहरू र होक्काइडोको उत्तरी प्रान्तमा भएका छन् ।
सात जना भालु आक्रमणका कारण ज्यान गुमाउने मध्ये इवाटेको उत्तरपूर्वी प्रान्तका एक जना व्यक्ति समावेश रहेको र उहाँको शव अक्टोबर– ८ मा भालुले आक्रमण गरेको अवस्थामा फेला परेको जनाइएको छ ।
यसै बीच, मियागी प्रान्तको सेन्डाईको आवासीय क्षेत्रमा खतरा भढे पछि बुधबार एक वयस्क भालुलाई गोली हानेर मारिएको छ । जापानमा खतरनाक जनावरहरूको “आपतकालीन सुटिङ“ लाई बैध गराउन पहिलो पटक वन्यजन्तु संरक्षण र व्यवस्थापन सम्बन्धी संशोधित कानून प्रयोग गरिएको थियो ।
यस वर्षको अप्रिल देखि सेप्टेम्बर सम्म भालूसँग सम्बन्धित ९९ वटा घटनामा १०८ जना प्रभावित हँदा सबै भन्दा खराब रेकर्ड कायम भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अधिकारीहरूले आवासीय क्षेत्रहरूमा भालु सक्रिय भएकाले आक्रमणहरु बढ्न सक्ने चेतावनी दिँदै मानिसहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।










ओलीलाई शुभकामना दिँदै विद्या भण्डारीले भनिन् – पार्टी एकतालाई सुदृढ बनाउने विश्वास लिएको छु
एमालेले महाधिवेशन गरेकाे भृकुटीमण्डपमै प्रचण्ड नेतृत्व नेकपाले आज सभा गर्दै
तरकारीको आजको मूल्य : आलुको मूल्य सस्तियो
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया