जापानमा भालु आक्रमणबाट एक वर्षमा ७ जनाको मृत्यु

जापानले आर्थिक वर्ष २०२५ मा भालु आक्रमणका कारण अहिले सम्म सात जनाको मृत्यु भएको पुष्टि गरेको छ । जुन आर्थिक वर्ष २००६ मा रेकर्ड राख्न सुरु भए पछिको सबै भन्दा बढी हो ।
भालु आक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आर्थिक वर्ष २०२३ मा छ जना रहेको उल्लेख गर्दै युक्त रेकर्डलाई तोड्दै चालु बर्षमा उच्च रेकर्ड कायम भएको वन तथा वातावरण मन्त्रालयले बुधबार जनाएको छ । मन्त्रालयका अनुसार अधिकांश आक्रमणहरू उत्तरपूर्वी क्षेत्रहरू र होक्काइडोको उत्तरी प्रान्तमा भएका छन् ।
सात जना भालु आक्रमणका कारण ज्यान गुमाउने मध्ये इवाटेको उत्तरपूर्वी प्रान्तका एक जना व्यक्ति समावेश रहेको र उहाँको शव अक्टोबर– ८ मा भालुले आक्रमण गरेको अवस्थामा फेला परेको जनाइएको छ ।
यसै बीच, मियागी प्रान्तको सेन्डाईको आवासीय क्षेत्रमा खतरा भढे पछि बुधबार एक वयस्क भालुलाई गोली हानेर मारिएको छ । जापानमा खतरनाक जनावरहरूको “आपतकालीन सुटिङ“ लाई बैध गराउन पहिलो पटक वन्यजन्तु संरक्षण र व्यवस्थापन सम्बन्धी संशोधित कानून प्रयोग गरिएको थियो ।
यस वर्षको अप्रिल देखि सेप्टेम्बर सम्म भालूसँग सम्बन्धित ९९ वटा घटनामा १०८ जना प्रभावित हँदा सबै भन्दा खराब रेकर्ड कायम भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अधिकारीहरूले आवासीय क्षेत्रहरूमा भालु सक्रिय भएकाले आक्रमणहरु बढ्न सक्ने चेतावनी दिँदै मानिसहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।
















विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
President issues Ordinance on Constitutional Council
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
अमेरिकाले कब्जा गरेको इरानी जहाजको चालक दलका १५ सदस्य इरानलाई हस्तान्तरण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया