मंगलबार, मंसिर २, २०८२

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

मेरोन्यूज २०८२ कार्तिक १ गते १५:४६

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

शनिबार बस्ने भनिएको बैठक पार्टीका पूर्व केन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनका कारण कात्तिक १३ सम्मका लागि स्थगित गरिएको हो । बैठक सो दिन दिउसो १ बजे बोलाइएको छ ।

प्रतिक्रिया