हमासले हतियार नछाडेसम्म गाजाको युद्ध समाप्त हुँदैन: इजरायली प्रधानमन्त्री

इजरायली प्रधानमन्त्री बेन्जामिन नेटन्याहुले शनिबार एक सार्वजनिक वक्तव्यमा गाजामा जारी द्वन्द्वको अन्त्य हमासको निशस्त्रीकरण र गाजा क्षेत्रको असैनिकरण नभएसम्म सम्भव नहुने बताएका छन् । उक्त टिप्पणी अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौता कार्यान्वयनको क्रममा आएको हो, जस अन्तर्गत हमासले दुईजना इजरायली बन्धकका अवशेष फिर्ता गरेको छ ।
प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको अनुसार, ती शवहरू रेडक्रसको टोलीले ग्रहण गरी इजरायली सेनालाई हस्तान्तरण गरिएको हो । त्यसपछि ती अवशेषहरूको पहिचानका लागि इजरायल लैजाने तयारी गरिएको छ । युद्धविराम कार्यान्वयनमा चुनौती युद्धविरामको पहिलो चरण कार्यान्वयन भइरहे पनि बाँकी शवहरूको फिर्ती प्रक्रिया ढिलो हुँदै गएको छ ।
इजरायलले राफा नाका खोल्ने निर्णय शव फिर्तीमा भएको प्रगतिसँग जोडेको छ । नेटन्याहुले भने,“युद्ध अन्त्यका लागि दोस्रो चरण पूर्णरूपमा कार्यान्वयन हुनु आवश्यक छ । यसमा हमासले हतियार छोड्नु र गाजालाई असैन्य बनाउनु अनिवार्य छ । यो प्रक्रिया सहज या जटिल जुनसुकै भए पनि, सम्पन्न गरिनेछ ।” राफा नाका बन्द इजरायली प्रधानमन्त्रीको कार्यालयले राफा नाका अर्को सूचना नभएसम्म बन्द नै राखिने जनाएको छ ।
“हमासले बाँकी बन्धकहरूको शव फिर्ता गर्ने र सम्झौताका अन्य बुँदाहरू कार्यान्वयन गर्ने कुराको आधारमा मात्र नाका खोल्ने निर्णय गरिनेछ,” वक्तव्यमा उल्लेख गरिएको छ । हमासले भने नाका बन्द रहनुले शवको खोजी र हस्तान्तरणमा ढिलाइ गराउने भन्दै चिन्ता व्यक्त गरेको छ । मानवीय अवस्थाको गम्भीरता संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता संयोजक टम फ्लेचर शनिबार गाजाको उत्तर क्षेत्रमा पुगेका थिए । उनले भने,“यस क्षेत्रमा पुगेपछि देखिएको विनाश हृदयविदारक छ ।
यो क्षेत्र लगभग पूर्ण रूपमा उजाड भइसकेको छ ।” उनले बताए अनुसार, युएन र अन्तर्राष्ट्रिय संस्थाहरूले आगामी ६० दिनमा दैनिक एक लाखभन्दा बढी भोजन वितरण गर्ने, स्वास्थ्य सेवा पुनः सञ्चालन गर्ने, बालबालिकालाई विद्यालय फर्काउने,हिउँदको लागि अस्थायी टेन्टहरू उपलब्ध गराउने योजनामा काम गरिरहेका छन् ।
हिंसा अझै जारी गाजाको नागरिक सुरक्षा एजेन्सीका अनुसार शनिबार इजरायली ट्यांक आक्रमणबाट शाबान परिवारका ९ जना सदस्य (२ पुरुष, ३ महिला, ४ बालबालिका) को मृत्यु भएको छ । अस्पतालमा आफ्ना परिवारजनको शोकमा डुबेकी उम मोहम्मद शाबानले भने, “मेरो छोरी, श्रीमान् र बच्चाहरू सबै मरे ।
तिनीहरूले के गल्ती गरेका थिए?” इजरायली सेनाले भने उक्त सवारी ‘सुरक्षा रेखा नजिक आएको’ भन्दै कारबाही गरिएको जनाएको छ, तर क्षतिको विस्तृत विवरण भने दिएको छैन ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया