वन पैदावर बिक्री गरेर आठ करोड आम्दानी

तनहुँ– तनहुँका सामुदायिक वन समूहले वन पैदावर बिक्री गरेर ८ करोड ४३ लाख चार हजार पाँच सय तीन रुपैयाँ आम्दानी गरेका छन् । आर्थिक वर्ष २०८१–८२ मा वन पैदावर बिक्री गरी जिल्लास्थित सामुदायिक वनले उक्त रकम आम्दानी गर्न सफल भएका हुन् ।
सामुदायिक वनले ८३ हजार पाँच सय १३ दशमलब ४५ क्युफिट वन पैदावर बिक्री गरेको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी एवं वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार त्यसअवधिमा ४० हजार तीन सय ३१ दशमलब ९५ क्युफिट साल, ४१ हजार एक सय तीन दशमलब ८० क्युफिट खयर र दुई हजार नौ सय ११ दशमलब ८६ अन्य वन पैदावर बिक्री भएको छ । त्यस्तै सोही अवधिमा ५० दशमलब १५ चट्टा दाउरा बिक्री भएको छ ।
जिल्लाका कूल क्षेत्रफलमध्ये करिब ७२ हजार ८० हेक्टर वनले ओगेटेको छ । जिल्लाभर ६ सय १६ वटा सामुदायिक वन र चार सय ४८५ वटा कबुलियती वन रहेको छ ।
वन पैदावर बिक्रीमार्फत् एक करोड २० लाख चार हजार नौ सय ८६ रुपैयाँ राजस्व सङ्कलन भएको छ । निजी आवादीतर्फ ५१ हजार चार सय ५४ दशमलब ७५ क्युफिट वन पैदावर बिक्री भएको छ ।सूचना अधिकारी श्रेष्ठका अनुसार ४३ हजार तीन सय २४ दशमलब ८ क्युफिट खयर, नौ हजार एक सय ३० दशमलब ६७ क्युफिट अन्य, ८६ दशमलब १५ चट्टा दाउरा बिक्री भएको छ । (रासस)













फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल
पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे
विधानअनुसार अघि बढे पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
प्रतिक्रिया