संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प
मेरोन्यूज
२०८२ कार्तिक ११ गते १०:२१

संखुवासभा जिल्लाको उत्तरी क्षेत्र किमाथांका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार संखुवासभा जिल्लाको किमाथांका आसपास केन्द्रबिन्दु भएर मंगलबार बिहान ७ बजेर ३२ मिनेट जाँदा चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पबाट क्षति भएको/नभएका सम्बन्धमा सोधपुछ भैराखेको र हालसम्म एकीन जानकारी नआएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ।
यसअघि यही कात्तिक ५ गते बझाङको हेमन्तवाडा आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ।
सम्बन्धित
















मोरङमा तीन अग्रज पत्रकार सम्मानित
स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
नेशनल लाइफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न
कोही कसैलाई पनि घरबारबिहीन बनाउँदैनौं : रवि लामिछाने
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया