पोकली झरना सेवा समाजको अध्यक्षमा ढुङ्गेल

काठमाडौँ । पोकली झरना सेवा समाजको अध्यक्षमा कृष्ण ढुङ्गेल निर्वाचित भएका छन्।
समाजको सोमबार सम्पन्न नवौँ साधारणसभाबाट ढुङ्गेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
समाजको उपाध्यक्षमा लक्ष्मण बराल र जनार्दन अधिकारी निर्वाचित भएका छन् । यस्तै महासचिवमा प्रतिरोध सुवेदी, सचिवमा खेमराज ढुङ्गेल, कोसाध्यक्षमा, गिता घिमिरे ढुंगेल, सहसचिव ज्योति रुपाचा, सह कोषाध्यक्ष सुजन घिमिरे निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा सदस्यहरुमा विष्णु सुवेदी, प्रमिला दाहाल र रीता भट्टराई निर्वाचित भएका छन् । बाँकी सदस्य कार्यसमिति थप गर्नेछ ।
समाजले पर्यटन तथा स्वास्थ्य क्षेत्रमा पनि काम गर्दै आएको छ ।
समाजको साधारणसभालाई सम्बोधन गर्दै कोशी प्रदेशका पूर्व सभामुख तथा पूर्व अर्थमन्त्री बाबुराम गौतमले पोकली झरना देशको गहना भएकोले यसको विकासमा भरपुर लागिपरेको बताए। उनले पोकली झरनाको विकासका लागि आफ्नो तर्फबाट योगदान रहेको स्मरण गर्दै पोकली झरनामा पुग्ने मोटरबाटो पिच गर्न सके पर्यटन प्रर्वद्धनलाई मजबुत बनाउन सकिने बताए ।उनले पोकलीको विकासमा राजनीतिक भन्दा माथि उठेर लाग्नुपर्ने बताए।
कार्यक्रममा पोकली झरना सेवा समाजका पूर्व अध्यक्ष मिलन कुमार विष्टले पोकली झरना विकासको लागि आफ्नोतर्फबाट ठूलो सहयोग गरेको बताए । उनले समाजलाई व्यक्तिगत तर्फबाट एकलाख १० हजार रुपैँया सहयोग गरे।
पोकलीको विकासका लागि राजनीतिक भन्दा माथि उठ्न सके पोकलीलाई प्रमुख गन्तव्यको रुपमा अघि बढाउन सकिने बताए।
कार्यक्रममा लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाले लिखु तथा पोकलीको विकासको लागि आफू लागेर पनि नसकेको बताइन् । उनले पोकलीको लागि गाउँपालिकाले सहयोग गरेको बताइन्।
कार्यक्रममा शुभकामना दिदै लिखु ९ का अध्यक्ष केशबहरी ढुंगेलले आफूले पोकलीका लागि गरेका कामबारे अवगत गराए । यस्तै समाजका निवर्तमान अध्यक्ष बुदीप्रसाद ढुंगेलले पोकली झरना सेवा समाजलाई आफूले सकेको काम गरेको जानकारी दिए ।
कार्यक्रममा समाजको सांगठनिक प्रतिवेदन महासचिव निलराज गौतम र आर्थिक प्रतिवेदन कोषाध्यक्ष ओमकार सुवेदीले प्रस्तुत गरे ।
नवनियुक्त अध्यक्ष ढुंगेलले पोकली बासीका लागि एम्बुलेन्स व्यवस्था गर्न रु ५० हजार सहयोग गरेको घोषणा गरे । पोकली झरना नेपालकै दोस्रो अग्लो झरना हो । झरनाको उचाई १३० मिटर अग्लो रहेको छ ।
















बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
सङ्घीयता सुदृढ बनाउन संविधान संशोधन गर्न सकिन्छ: संयोजक दाहाल
नुवाकोटमा आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया