कर्णाली प्रदेशसभा भवन पुनर्निर्माण गर्न मुख्यमन्त्रीको निर्देशन

कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशसभा भवन पुनर्निर्माण कार्य सुरु गर्न निर्देशन दिनुभएको छ । गत भदौ २२ र २३ गते जेनजी आन्दोलनका क्रममा क्षति पुगेको प्रदेशसभाको पुनर्निर्माण कार्य सुरु गर्न सुझाव दिएका हुन् । प्रदेशको गौरव र राज्यको प्रतिष्ठासँग जोडिएको भवनलाई लामो समयसम्म जीर्ण अवस्थामा राख्न नहुने भन्दै त्यसको पुनर्निर्माण र सरसफाइ अभियान सुरु गर्नुपर्ने उनको भनाइ थियो ।
आज सभामुख नन्दा गुरुङ र प्रदेशसभा सचिव जीवराज बुढाथोकीसँग प्रदेशसभामा भएको भेटघाटका क्रममा मुख्यमन्त्री कँडेलले सभाको हलबाहेकका अन्य संरचनाको पुनर्निर्माण कार्य नियमित बजेटबाटै सुरु गर्न सुल्झाए। उनले भने, “बजेटको अभावलाई कारण नबनाई तत्काल काम सुरु गर्नुस् । आवश्यकताअनुसार प्रदेश सरकारले थप बजेटको व्यवस्था गर्छ ।” सुरुआती चरणमा आवश्यक आधारभूत व्यवस्थापनजस्तै प्लास्टिकका कुर्सी, सामान्य सरसफाइसहित दश दिनभित्र प्रशासनिक भवनको पुनर्निर्माण व्यवस्थापन गर्न उनले निर्देशन दिए ।
भदौ २४ गतेको आन्दोलनपश्चात् करिब ५० दिन बितिसक्दा पनि प्रदेशसभा परिसरमा सरसफाइ र पुनःसंरचना सुरु नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै मुख्यमन्त्री कँडेलले भने, “कर्मचारी हुन् तर ढलेका बोर्ड, फोहर र क्षतिग्रस्त वस्तुहरू उठाउने काममा पनि ध्यान दिइएको छैन । यो सामान्य काम हो ।
अब परिस्थिति सामान्य बनाउन सबै अग्रसर हुनुपर्छ ।” मुख्यमन्त्री कँडेलले प्रदेश सरकारको प्राथमिकतामा प्रदेशसभा भवनको पुनर्निर्माण, प्रशासनिक सेवा सहज बनाउने र सभाको नियमित बैठक सञ्चालन सुनिश्चित गर्ने विषयहरू रहेको बताए । भेटघाटमा सभामुख गुरुङ र सचिव बुढाथोकीले पनि मुख्यमन्त्रीलाई भवन पुनर्निर्माणका लागि आवश्यक सहयोगका लागि अनुरोध गर्दै निर्माण कार्यको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका थिए ।
















मोरङमा तीन अग्रज पत्रकार सम्मानित
स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
नेशनल लाइफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न
कोही कसैलाई पनि घरबारबिहीन बनाउँदैनौं : रवि लामिछाने
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया