काभ्रेमा तोडफोड र आगजनीमा संलग्न थप सात पक्राउ

काभ्रेपलाञ्चोक। जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप सात जना काभ्रेपलाञ्चोकमा पक्राउ परेका छन् । गत भदौ २४ गते काभ्रेपलान्चोकमा विभिन्न सरकारी तथा निजी भवन र सम्पति माथि तोडफोड, आगजनी र लुटपाटमा संलग्न उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धुलिेखलले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार पक्राउ पर्नेमा पनौती नगरपालिका–३ का अनिष सापकोटा, वडा नं ८ का सुमन केसी, वडा नं १० का साकार केसी, वडा नं २ का स्यान्जी भन्ने सुवाष तामाङ, बेथानचोक गाउँपालिका–६ का समीर तामाङ, वडा नं ३ का चिउरे भनिने होमप्रसाद तिमल्सिना र महाभारत गाउँपालिका–४ का ङेमासाङ मुक्ताान रहेका छन् । यस्तै पनौती नपा–३ का अनिष सापकोटा विरुद्ध यसअघिसमेत मुद्दा दर्ता भएको थियो ।
सापकोटा विरुद्ध विसं २०७२ मा अभद्र व्यवहार मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनपछि सापकोटा सामाजिक सञ्जालमा विभिन्न धम्की दिँदै गालीगलौजमा उत्रिएको जनाइएको छ । बेथानचोकका होमप्रसाद तिमल्सिना विरुद्ध विसं २०८१ मा अभद्र व्यवहार गरेको भन्दै मुद्दा दर्ता भएको थियो ।
यसैगरी पनौती नपा–२ का तामाङ विरुद्ध तीन पटक चोरी मुद्दा दर्ता भएको छ । कार्यालयका अनुसार काभ्रेपलाञ्चोक र मातहत प्रहरी एकाइबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ । उनीहरूमाथि काभ्रेपलान्चोक जिल्ला अदालतबाट अपराधिक उपद्रव मुद्दामा सात दिनको म्याद थप गरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको हो । जिल्लाका विभिन्न स्थानमा आगजनी र लुटपाटमा संलग्न विरुद्ध कार्यालयमा उजुरी परेको जनाइएको छ ।
अन्य आन्दोनका क्रममा अपराधिक घटनामा संलग्नको खोजी भइरहेको काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले बताउनुभयो । गत भदौ तेस्रो साता भएको आन्दोलनका क्रममा तोडफोड एवं आगजनी घटनाको काभ्रेपलाञ्चोक प्रहरीले उजुरीका आधारमा अनुसन्धान गर्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलमा परेको छ वटा निजी संरचनामा भएको क्षतिबारे उजुरी परेपछि विशेष अनुसन्धान सुरु गरिएको जनाइएको छ ।
कार्यालयले हालसम्म जुटेको प्रमाणका आधारमा थप अनुसन्धान गरी पक्राउ गर्नेसमेतको योजना बनाएको हो । कार्यालयले आफ्नो मातहतको इलाका प्रहरी कार्यालय बनेपा तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न ११ जनालाई भने पक्राउ गरी कारबाहीसहित थप अनुसन्धान गरिरहेको जनाएको छ । जाहेरीबाहेक अन्य सरकारी संरचनामा क्षति पुगेको तथा पु¥याउनेबारे अनुगमन, निरीक्षण तथा अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रनाउ विष्टले बताउनुभयो । उहाँका अनुसार ठूला चाडवाडले केही सुस्ताए अब अनुसन्धानलाई तीव्रता दिइनेछ ।
प्रहरीले विभिन्न स्थानमा ध्वंसात्मक गतिविधि मच्चाउने र त्यस कार्यमा संलग्न गराई उक्साउनेको पहिचान र प्रमाणका आधारमा पक्राउ गर्ने योजना बनाएको हो । गत भदौ २४ गतेको ध्वंसात्मक घटनामा काभ्रेपलाञ्चोकको बनेपा, पनौती र धुलिखेलमा गरिएको तोडफोड, लुटपाट र आगजनीमा संलग्नको पहिचान गरी कारबाही गर्न सुरक्षा निकायमा पीडितले जाहेरी दर्ता गराएका हुन् ।
उक्त जाहेरीमा घटनामा संलग्न तथा घटनाको वातावरण सिर्जना गर्ने, गराउनेका बारेमा प्रमाण पेस गरिएको प्रहरीले जनाएको छ । विशेषगरी सरकारी सम्पत्ति र सार्वजनिक क्षेत्रमा आगजनी र तोडफोड गर्नेहरूको पहिचानका लागि प्रहरीले यसअघि नै उजुरी गर्न इमेलमार्फत आह्वान गरेको थियो । प्रदर्शनका क्रममा काभ्रेपलाञ्चोकमा विभिन्न १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति पर्याइएको थियो । विशेषगरी नगरपालिका भवन, प्रहरी कार्यालय तथा जनप्रतिनिधिको घरमा तोडफोड र आगजनी तथा लुटपाट गरी क्षति पुर्याइएको हो ।
‘जेनजी’ आन्दोलनका क्रममा काभ्रेपलाञ्चोकका चार जनाले काठमाडौँमा ज्यान गुमाएका थिए । यसअघि ‘जेनजी’ को आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका थप ५३ कैदीबन्दीलाई प्रहरीले काभ्रेपलाञ्चोकबाट विभिन्न मितिमा पक्राउ गरी कार्यालयले जिल्ला कारागार धुलिखेलमार्फत सम्बन्धित कार्यालय पठाएको जनाएको छ । त्यसबेला प्रहरीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ बाट ७३० राउण्ड गोलीसहित आठ नालाई पक्राउ गरेको थियो ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया