धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवा विमानस्थलमा आकस्मिक अवतरण
मेरोन्यूज
२०८२ कार्तिक १५ गते १३:३२

बुटवल । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या आएपछि भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरिएकाे छ ।
हाइड्रोलिक फेल भएका कारण विमान रन वेबाट गुड्न नसकेपछि करिब ४० मिनेट विमानस्थलका अन्य उडानहरू अवरुद्ध हुन पुगेका विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले बताए ।
धनगढीबाट १० बजे उडेको फलाइट नम्बर २२२ को विमान काठमाडौं नपुग्दै बीच बाटोमै हाइड्रोलिक फेलियर भएपछि सुरक्षित अवतरणका लागि गौतमबुद्ध विमानस्थलमा अवतरण गराइएको हो । यात्रुलाइ लीन काठमाडौंबाट अर्को विमान आउँदैछ ।
साढे १२ बजे मात्रै ल्याण्डिङ गियर खुलेपश्चात् विमान गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलको ट्रमिनलको पार्किङ स्थलमा राखिएको छ ।अहिले विमानस्थल सञ्चालनमा आइसकेको जनाइएकाे छ।
सम्बन्धित
















स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
नेशनल लाइफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न
कोही कसैलाई पनि घरबारबिहीन बनाउँदैनौं : रवि लामिछाने
बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया