बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु (नवलपरासी)। निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि बुटवल-नारायणगढ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने खण्ड आज साँझदेखि पूर्ण रूपमा अवरुद्ध भएको हो ।
केही दिनदेखिको वर्षाका कारण हिलो र चिप्लो हुँदा एकतर्फी सञ्चालन भएको सडकमा मालवाहक ट्रक फसेपछि आवगमन ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार दाउन्नेको घ्यू खोला नजिकै मालवाहक ट्रक हिलो सडकमा फस्दा आज साँझदेखि यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो ।
शुक्रबार रातिदेखि दाउन्ने सडक हिलोका कारण चिप्लो भई सवारीसाधन सञ्चालनमा अवरुद्ध हुँदै आएको थियो । गएरातिदेखि सडक एकतर्फी रूपमा सञ्चालन हुँदा जाममा रहेका सयौँ सवारी थप समस्यामा परेका छन् ।
अहिले पनि दाउन्ने क्षेत्रमा वर्षा भइरहेकाले सडकमा फसेको ट्रक निकाल्न र चिप्लो बाटो मर्मत गर्न समस्या भइरहेको प्रहरी नायब उपरीक्षक नेपालले बताए। बुटवल-नारायणगढ सडकखण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा सामान्य वर्षमा पनि सडक अवरुद्ध हुने गरेको छ ।













रमेश लेखकले जाँचबुझ आयोगलाई दिएको बयानमा के भने ? (पूर्णपाठ)
सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
बाँकेको नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ
साेमबार दोहोरो अंकले घट्याे सेयर बजार, काराेबार कति ?
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया